मायादेवी अनलाइन, बुटबल ।
प्रदेश ५ सरकारले आगामी आर्थिक वर्षका लागि शुक्रबार बजेट ल्याउदैछ । सरकार गठन भएको पाँच महिनाभित्र दोस्रोे बजेट ल्याउन लागेको हो । प्रदेश ५ मा करिव ३० अर्बको बजेट आउने सरकारले जनाएको छ । बुधबार मात्रै संसदबाट पारित नीति कार्यक्रम मै रहेर बजेट आउने सरकारका प्रवक्ता बैजनाथ चौधरी बताउनुभयो । संघीय सरकारको समानीकरण तथा सर्सत अनुदान, चालु आवको सञ्चित रकम तथा आन्तरिक राजश्वको लक्ष्य सहितको बजेट मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोख्रेलले प्रस्तुत गर्नुहुनेछ ।
१ असार २०७५ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया