९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

देवदहका विद्यालयहरुमा बौद्ध शिक्षा पढाई हुने



मायादेवी अनलाइन, रुपन्देही ।
रुपन्देहीको देवदहमा स्थानिय बौद्ध शिक्षा र देवदह परिचय नामक पाठ्यपुस्तक पढाइने भएको छ । कक्षा ६ र ७ मा अध्ययन हुुने सो पाठ्यपुस्तक एक कार्यक्रमका बीच विमोचन भएको छ । देवदह नगरपालिकाको आयोजनामा पाठ्यपुस्तकको एक कार्यक्रमका बीच प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले विमोचन गर्नुभएको हो ।
सोही अवसरमा सामाजीक विकास मन्त्री बरालले प्रदेश नं ५ को विकासको हबको रुपमा देवदह नगरपालिकाले मुख्य भूमिका निभाएको बताउनुभयो । उहाले देवदह कृषिको पकेट क्षेत्र र महामानव गौतम बुद्धको मावली स्थल भएकाले पनि यहाँका विकास निर्माणले सार्थकता पाउने बताउनुभयो ।
उहाले लुम्बिनीको विकासको लागि प¥याप्त मात्रामा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरबाट सहयोगहरु आएपनि कपिलबस्तुको तिलौराकोट र देवदह भने ओझेलमा पर्दै आएको बताउनुभयो । उहाले ओझेल परेको क्षेत्रहरुको विकासको लागि प्रदेश र केन्द्रमा कुरा राख्ने बताउदै स्थानिय स्तरको विकासको लागि स्थानिय तवरबाट नै चनाखो हुनुपर्ने उल्लेख गर्नुभयो ।
साथै उहाले पाठ्यक्रमको सवालमा देवदहको महिमा झल्काउने पुस्तक निर्माण भएपनि बालवालिकाको मनस्थितीलाई बुझेर निर्माण प्रक्रियालाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले देवदह नगरपालिका धार्मिक र पर्यटकीय नगरीको रुपमा स्थापित भएको सन्र्दभमा देवदहको इतिहास र बौद्ध ज्ञान सम्बन्धि शिक्षा प्राप्त गर्न यस पुस्तकले सघाउ पु¥याउने बताउनुभयो ।
उहाले देवदहलाई पर्यटकीय नगरीको रुपमा विकास गर्न पुस्तकले निकै महत्वपुर्ण भूमिका खेल्ने बताउनुभयो । उहाले लुम्बिनी क्षेत्रको विकास हुदाँ लुम्बिनी संग सम्बन्धित अन्य पुरातात्विक बस्तुहरुको पनि विकास गर्न जरुरी रहेको बताउनुभयो ।
देवदह नगरपालिकालाई कृषि क्षेत्रको रुपमा विकास गरी महामावन गौतम बुद्धसंग जोडेर पर्यटकीय क्षेत्रसंग जोड्नु पर्ने धारणा व्यक्त गर्नुभयो । उहाले पाठ्यक्रम सम्बन्धि एकरुपता ल्याउने सवालमा यो देवदहमा मात्र नभइ अन्य क्षेत्रमा पनि संचालन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख दिवाकर भण्डारीले पाठ्यक्रम निर्माण मात्र नगरी पाठ्यक्रमलाई जीवन्तता दिनु नै प्रमुख कुरा रहेको बताउनुभयो । उनले पाठ्यक्रम गरी खाने बाटोको रुपमा संचालन गरिनुपर्ने बताउदै देवदहको स्थानिय बौद्ध शिक्षा र देवदह परिचय नामक पुस्तकले देवदहको गरिमालाई उचो बनाउन सघाय पु¥याउने बताउनुभयो । पुस्तकमा देवदहको परिचय, बौद्ध साहित्य, बौद्ध दर्शन, बौद्ध शिक्षाको व्यवहारिक प्रयोग, बौद्ध शिक्षा र योग लगायतका बिषयबस्तुहरु समावेश गरिएका छन् ।
कार्यक्रममा देवदह नगर उप–प्रमुख बिद्यालक्ष्मी गुरुङ्ग, नगर शिक्षा अधिकारी हरिलाल अर्याल, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य ऋषिराम सापकोटा, नेपाली कांगे्रसका महासमिति सदस्य मणिप्रसाद शर्मा, राष्ट्रिय जनमुक्तिका दलबहादुर बिरकट्टा, देवदह आर्दश बहुमुखी क्यामपसका प्रमुख मित्रलाल न्यौपाने, सामुदायिक बिद्यालयका दुर्गादत्त शर्मा, संस्थागत बिद्यायका कृष्णप्रसाद पौडेल, पाठ्यक्रम निर्माण समितिका संयोजक सिद्धिचरण भट्टराई, पाठ्यक्रम लेखन सहयोगी निर्मल ढुङ्गाना लगायतले आ–आफ्ना भनाई राखेका थिए ।

प्रकाशित मिति : १ असार २०७५ शुक्रबार ००:००  ३ : ५८ बजे