मायादेवी अनलाइन, बुद्धभूमि ।
दुई महिने आधारभुत सिलाई कटाई तालिम बुद्धभुमि नगरपालिका वडा नम्बर ९ मा रहेको ढोडेला मन्दिरको सभाहलमा सम्पन्न भएको छ । बुद्धभुमि नगरपालिकाको आर्थिक सहयोग र दलित जागृती सेवा समाजको प्राबिधिक सहयोगमा उक्त तालिम सञ्चालन भएको थियो ।
समाजका अध्यक्ष प्रबिण बिश्वकर्माको अध्यक्षता र नगरका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ उपाध्यायको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नँया शक्ति पार्टीका केन्द्रिय सदस्य ईन्द्रमणी पौडेल, समाजसेवी रामदेब पासी, रणबहादुर बिक, मेघनाथ परियार र खिमबहादुर बिकले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
साथै तालिमको समापन कार्यक्रमको अबसरमा दलित जागृती सेवा समाजले आफनो बार्षिक साधारण सभा पनि सम्पन्न गरेको छ । सम्पन्न सभाले अध्यक्ष प्रबिण बिश्वकर्मा रहनेगरि ११ सदस्यी नँया कार्य समिति पनि चयन गरेको छ ।
प्रतिक्रिया