५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

विकासमा राजनीति नगरौँ : विष्णु पन्थी



मायादेवी अनलाइन, कपिलवस्तु ।
प्रदेश सांसद विष्णु पन्थीले विकासमा राजनीति गर्न नहुने बताउनुभएको छ । राजनीतिलाई १२ मासे बनाउन नहुने भन्दै सांसद पन्थीले विकास निर्माणलाई १२ मासे बनाउनुपर्नेमा जोड दिनुभयो । कपिलवस्तु सामुदायिक अस्पताल विकास समितिको सपथ ग्रहण, पदहस्तान्तरण, बधाई एवं शुभकामना कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
कार्यक्रमको विशिष्ट अतिथि रहनुभएका पूर्व राज्यमन्त्री तथा नेपाली कांग्रेस कपिलवस्तुका सभापति सुरेन्द्रराज आचार्यले पनि विकास निर्माणमा राजनीति गन्ध मिसाउन नहुनेमा जोड दिनुभयो । शिक्षा, स्वास्थ्य भनेको मानवीय संवेदनशीलता संग जोडिएको विषय भएकोले राजनीति गन्ध मिसाउन नहुने उहाँको भनाई थियो ।
अस्पतालका नवनिर्वाचित अध्यक्ष रामजी सेनले आगामी दिनको भावी योजना प्रस्तुत गर्नुभएको थियो । सेनले प्रस्तुत गरेको भावी योजनामा अस्पतालमा विशेषज्ञसेवा सुरु गर्ने देखि कर्मचारीलाई तालिम दिने सम्मको रहेको छ ।
वाणगंगा नगरपालिका जीतपुर चारनम्बरमा भएको कार्यक्रममा अस्पतालका नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन समितिले पदभार तथा सपथग्रहण गराएको हो । अस्पताल समितिको अध्यक्षमा रामजी सेन, वरिष्ठ उपाध्यक्षमा राम प्रसाद गैरे, उपाध्यक्षमा दुर्गा बहादुर केसी, शंकर पौडेल, महासचिवमा पोमनारायण पौडेल, सचिवमा चेतना अधिकारी र कोषाध्यक्षमा रवि बहादुर काफ्ले लगायत १५ सदस्यले आज सपथ ग्रहण गर्नुभएको हो ।
निर्वाचन समितिका संयोजक तथा अधिवक्ता ओमप्रकाश अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारु, उपमेयर चक्रपाणी अर्याल, अस्पतालका निवर्तमान कार्यबहाक अध्यक्ष शंकर पाण्डे लगायतले बोल्नुभएको थियो । निर्वाचन समितिका सदस्य तथा अधिबक्ता रविराज आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रमको स्वागत मन्तव्य निर्वाचित समितिका सदस्य तथा अधिवक्ता टुक बहादुर थापाले दिनुभएको थियो ।

प्रकाशित मिति : ३० जेष्ठ २०७५ बुधबार ००:००  २ : २० बजे