सिर्जना थारु, कपिलवस्तु ।
बाणगंगा नगरपालिका १ उप्टहवामा संचालित तीन महिने निशुल्क सिलाइ कटाई तालिम सोमबार एक कार्यक्रमका विच समापन गरिएको छ । तालिम विशेषगरी दलित समुदायलाई लक्षित गरि दिईएको थियो । वाणगंगा दलित सेवा समाजको आयोजनामा भएको तालिममा वाणगंगा नगरपालिकाको आर्थिक सहयोग रहेको थियो ।
तालिममा ३२ जनाले सिलाई तथा कटिङ सिकेका थिए । कार्यक्रम दलित सेवा समाजका कृष्ण बहादुर विश्वकर्माको अध्यक्षता, वाणगगां नगरपालिका उपमेयर चक्रपाणी अर्यालको प्रमुख अतिथ्यता, बाणगंगा नगरपालिका १ का वडा अध्यक्ष बालकुमारी पन्तको विशिष्ट अतिथ्यता, कार्यपलिकाका सदस्य योगनाथ सुनार, रोटरी क्लब आफ कपिलवस्तु मिट टाउन ४ नम्वर जीतपुरका सल्लहकारका सदस्य नन्द किशोर शुक्ला, प्रशिक्षक मिनु वि .क , दलित सेवा समाजका सल्लहकार पुर्णचन्द्र परियार लगायतको अतिथ्यिता रहेको थियो ।
कार्यक्रममा सबै प्रक्षिशार्थीहरुलाइ प्रमाणपत्र र केही उत्कृष्ट सिलाइ कटाइ गर्ने महिलाहरुलाई पुरस्कारको व्यवस्था दिइएकोे थियो । कार्यक्रमको सञ्चलान कमल विकले गर्नु भएको थियो ।
२९ जेष्ठ २०७५ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया