९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

७२ विद्यार्थीलाई विद्यालय पोशाक वितरण



दिपा महत, कपिलवस्तु ।
गरिव, विपन्न तथा जेहेन्दार विद्याथीलाई विद्यालय पोशाक वितरण गरिएको छ । वाणगंगा नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयबाट ७२ जना विद्यार्थीलाई पोषाक वितरण गरिएको हो । गौरी भवानी मावि भक्तौली, कोटिया प्रावि गंगौली, सरस्वती प्रावि ठाटी र दुर्गा भवानी निमावि कर्मनाका विद्यार्थीलाई विद्यालय पोषाक दिइएको हो । पोशाक पाएसंगै विद्यार्थी खुसी भएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी वाणगंगाका उपमेयर चक्र अर्यालले लक्षीत वर्गका लागी छुट्याईएको बजेट सम्बन्धीत ठाउमा पुग्नुनै ठुलो कुरा भएको बताउनुभयो । कार्यक्रममा शिक्षक कमला थापा, फेरुप्रसाद चौधरी, फागुथारु, कमला पौडेलले बोल्दै जनप्रतिनिधीको काम प्रशंसनीय रहेको बताएका थिए । आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु गर्न आग्रह गरे ।
कार्यक्रम वडा नम्बर ३ का वडा अध्यक्ष सन्तराम रौतारको अध्यक्षता, सरिता देवी ढकालको स्वागत मन्तब्य र वडा सदस्य कुलबहादुर सौमैको संचालनमा सम्पन्न भएको वडा सचिव सन्तराम थारुले बताउनुभएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७५ मंगलबार ००:००  १ : ४६ बजे