५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

कोठीदेखि कोइली सम्म हरियाली बनाऔं : सांसद पन्थी



हरि अधिकारी, कपिलवस्तु ।
प्रदेश सांसद विष्णु पन्थीले रुपन्देहीको कोठी नदीदेखि कोइली सम्म बाटोको दुवै तर्फ हरियाली बनाउने कार्यक्रम नगरपालिकाले बनाउनु पर्ने बताउनुभयो । कोठी देखि कोइली नदीको सिमाना पर्ने बाणगंगा नगरपालिका क्षेत्रको सडकको दुवै तर्फ हरियाली बनाउन फुलका बोटविरुवा लगाउनुपर्ने पन्थीको जोड थियो । साँसद पन्थीले पूर्व पश्चिम राजमार्गमा आवात जावत गर्ने यात्रु र स्थानीय नगरबासीलाई वाणगंगा नगरपालिकाको छुट्टै पहिचान हुनेगरी सडकको दुवै क्षेत्रमा हरियाली बनाउन सामुदायिक बन तथा स्थानीयले सहयोग गर्नुपर्ने बताउनुभयो । वाणगंगा नगरपालिकाले आयोजना गरेको आ.व. २०७५÷०७६ को नीति, योजना तथा वजेट तर्जुमा पूर्वको उच्चस्तरीय सुझाव संकलन कार्यक्रममा वोल्दै युवा साँसद पन्थीले कपिलवस्तुको आर्थिक समृद्धिको मुख्य आधार पर्यटन भएको बताउनुभयो ।
सांसद पन्थीले लुम्विनी आएका पर्यटकलाई तिलौराकोट भित्रयाउन प्रदेश सरकारले योजना ल्याएको बताउदै त्यसले बाणगंगाको पर्यटकीय क्षेत्रमा समेत योगदान पुग्ने बताउनुभयो । साँसद पन्थीले तिलौराकोटको विकास संगै वाणगंगा नगरभित्र रहेका महत्वपूर्ण पर्यटकीय क्षेत्रको विकास गरेर वार्षिक ३ लाख वढी पर्यटक भित्राउन सकिने वताउनुभयो ।
उहाले वाणगंगाको कृषि क्षेत्रको सम्भावनालाई पहिचान गरेर कृषि अर्गानिक उत्पादनमा नमुना बनाउन सकिने गरी योजना बनाउनुपर्ने बताउनुभयो । वाणगंगाको विकासमा जनप्रतिनिधीले मेरो सरकार हो भन्ने महसुस हुनेगरी जनताको काम गरेर देखाउनुपर्ने सुझाव दिनुभयो । उहाले बाणगंगा नगरपालिका अझै नबिग्रिएकाले बाटोघाटो, कृषि, शिक्षा स्वास्थ्य, सडक र खेलकुद क्षेत्रको विकासमा मापदण्ड बनाएर लैजानुपर्ने बताउनुभयो ।
सोही कार्यक्रममा वोल्दै निवर्तमान सांसद वलराम अधिकारीले नगरपालिकाले दिर्घकालिन गुरु योजना बनाएर मात्र नगरको समग्र विकास हुने बताउदै त्यसका लागि तत्काल गुरुयोजना बनाउन नगरपालिकाको ध्यान आकृष्ट गराउनुभयो ।
विभिन्न क्षेत्रका व्यक्तिले दिएका सुझाव पश्चात वोल्दै वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले जनताले एक वषर््ामा केही गर्न नसकेको भनेतापनि त्यसमा आफनो प्रयत्न निरन्तर रहेको स्पष्ट पार्नुभयो । उहाले पहिलो वर्ष समय अभावका कारण हतारमा नगरसभा गरेकाले सोचेजति योजना छनौट र कार्यान्वयनमा समस्या भएको जानकारी दिनुभयो । अव तयारीका साथ हामी आगामी योजना र कार्यक्रमको तयारीमा जुटेका छौं, मेयर मंगल प्रसाद थारुले भन्नुभयो – सवै जिम्मेवार बनौ वाणगंगा नगरपालिका समृद्ध हुन्छ । उहाले विभिन्न संघसंस्था, केन्द्र तथा नगरका कार्यक्रममै सहभागीता जनाउदा जनाउदै योजना अनुसार काम गर्न समस्या देखिएको बताउनुभयो ।
बाणगंगाका प्रमुख प्रशासकिय अधिकृत तुलसी राम मरासीनीले नगरपालिकाको आगामी आवको वजेट तर्जुमाका मार्गदर्शन सहितको प्रस्तुती राख्नुभएको थियो । अधिकृत मरासिनीले नगरपालिकाले आन्तरिक आम्दानी बढाउनुपर्नेमा जोड दिदै आ.व.०७५।०७६ को नगरपालिकाको ४८ करोडको बजेट सिलिङ्ग रहेको जानकारी दिनुभयो ।
उपमेयर चक्रपाणी अर्यालको स्वागत र वातावरण अधिकृत चिरन्जीवि भट्टराईको संचालनमा भएको कार्यक्रममा नेकपाकी केन्द्रिय सदस्य विमला घिमिरे, जिल्ला नेता वावुराम आचार्य, जनमोर्चाका दलवहादुर कुवर, मालेका युवराज आचार्य, समाजसेवि विष्णु बेल्वासे, समाजसेवी कृष्ण भट्टराई, सूर्यकुमारी शाही, इन्दिरा भट्टराई, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल लगायतले सुझाव दिनु भएको थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०७५ मंगलबार ००:००  १ : २९ बजे