मायादेवी अनलाइन, कपिलवस्तु ।
वाणगंगा नगरपालिकाको ५ नं. वडा कार्यालयले सञ्चालन गरेको वडा स्तरिय क्रिकेट लिग प्रतियोगीताको उपाधि झण्डा टिमले जितेको छ । बुधबार भएको फाइनल खेलमा कोपवा टिमलाई ४ विकेटले हराउँदै झण्डाले उपाधि जितेको हो । उपाधि जिते संगै झण्डा टिमले रु २५ हजार १ सय २५ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । यस्तै उपविजेता बनेको कोपवा टिमले रु. १५ हजार १ सय ५ नगर सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । गत १७ गते देखि शुरु भएको प्रतियोगीतामा ८ टिमको सहभागीता रहेको थियो । फाइलन खेलमा झण्डा र कोपवा भिडेका हुन । निकै रोचक र प्रतिस्पर्धात्मक भएको खेलमा झण्डाका विपिन आचार्यले खेल आफ्नो पोल्टामा पार्न सफल बने । टस हारेर पहिले व्याटिङको निम्तो पाएको कोपवाले २० ओभरमा ८ विकेटको क्षतिमा ९४ रन मात्र बनाउन सक्यो । फाइनल खेलमा झिनो लक्ष्य पाएको झण्डाले ६ विकेटको क्षतिमा १७ दशमलव १ ओभरको खेलमा खेल आफ्नो पोल्टामा पार्यो ।
प्रतियोगीताको फाइनलमा झण्डाका कप्तान समेत रहेको विपिन आचार्य म्यान अफ द म्याच घोषित भएभने प्रतियोगीताको म्यान अफ द टुनामेन्ट कोपवाका देवीराम भुसाल बने । यस्तै प्रतियोगीता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने व्याट्सम्यान, बलरलाई पनि पुरस्कार वितरण गरिएको थियो ।
प्रतियोगीताको समापन कार्यक्रममा खेलाडिलाई पुरस्कार वितरण गर्दै प्रदेशसभा सदस्य विष्णु पन्थीले खेल राष्ट्रलाई विश्वभर चिनाउने महत्वपूर्ण आधार रहेको बताउनुभयो । खेल स्वाथ्यको लागि पनि खेल राम्रो रहेको भन्दै प्रतियोगीतामा उत्कृष्टता प्रदान गर्ने खेलाडिलाई आगामी दिनको लागि शुभकामना दिनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष भिष्मराज भुसालले वडाले क्रिकेट प्रति रुचि भएका खलाडीलाई मध्यनजर गरेर प्रतियोगीता आयोजना गरिएको प्रष्टाउनुभयो । आगामी दिनमा पनि वडाले यस्ता किसिमका खेलकुद कार्यक्रम गर्दै जाने बताउनुभयो । कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष विष्णु पौडेल वडा नं. ११ का वडा अध्यक्ष सोमनाथ अर्याल लगायतको उपस्थिती रहेको थियो । यस्तै कार्यक्रममा प्रतियोगीतामा सेमिफाइनल सम्म पुग्न सफल प्रतिडाँडा टिम र मटरिया टिमलाई ५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र दिइएको थियो ।
२४ जेष्ठ २०७५ बिहिबार ००:००
2
Shares
प्रतिक्रिया