१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

विजयनगर गाउँपालिकाले संचालनमा ल्यायो टोल फ्रि सेवा



माधव बेल्वासे, कपिलवस्तु ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाको काम कारबाहीलाई पारदर्शी, सुशासन र जवाफदेही वनाउनको लागी गाउँपालिका कार्यलयमा टोल फ्रि सेवा सुचारु गरिएको छ ।
नमुना गाउँपालिका बनाउने लक्ष्यका साथ गाउँपालिकामा टोल फ्रि न १६६०७६५२००१ मा फोन गर्दा पैसा नलाग्ने निशुल्क टेलिफोन सेवा संचालनमा ल्याई केही गुनासो सुझाव सल्लाह आए तत्काल सम्बोधन हुने गाउँपालिकाका अध्यक्ष गोपाल थापाले बताउनुभयो ।
बालबालिकाका विभिन्न गुनासो,गाउँपालिका वासीहरुको समस्या गुनासो सिधै गाउँपालिकामा राख्न पाउन सकिने व्यावस्था रहेको छ । विशेषतः यो सेवाले गाउँपालिका भित्रका बालबालिकाहरुको सवालमा प्रत्यक्ष सुनुवाई गर्ने, बाल अधिकार हनन भएको वा कुनै सल्लाह सुझाव भएमा गाउँपालिकाको टोल फ्रि न १६६०७६५२००१ मा सम्पर्क गर्न अध्यक्ष थापाले अनुरोध गर्नुभयो ।
गाउँपालिकालाई नमुना गाउँपालिका निमार्ण गर्ने उद्देश्य रहेकोले यस गाउपालिकामा सवै गाउँवासीहरुको सुझाव सल्लाह आवश्यक रहेको वताउँदै थापाले आगामी दिन सके प्रत्येक्ष भेटेर नसके पैसा नलाग्ने टोल फ्रि नम्वरमा सम्पर्क गरी वताउन सकिने व्यावस्था गरेको बताउनुभयो । थापाले भन्नुभयो “अव गाउँपालिकाको कुनै पनि ठाउँमा कुनै पनि काममा ढिला सुस्ती अपार्दशिकता भएमा तत्काल सोहि ठाउमा वाट गाउपालिकामा सोझै सम्पर्क गर्नुहोस र हामी तत्काल छानविनको प्रकृया अगाडी बढाउँछौं ।
गाउँपालिकमा टोल फ्रि फोन सेवा सुरु भए पछि स्थानियहरु खुसी भएका छन । “अब गाउँपालिका लाई सल्लाह सुझाव दिनका लागि फोन गर्दा पैसा नलाग्ने भएपछि सेवामा पारदर्शिता आउछ’ स्थानीय अग्नी सापकोटाले भन्नु भयो । बाल अधिकार सुनिश्चितताका लागि टोल फ्रि सेवा अझ प्रभावकारी हुने भएकोले बालबालिका अझ धेरै खुसी भएका छन ।

प्रकाशित मिति : २४ जेष्ठ २०७५ बिहिबार ००:००  २ : ३४ बजे