मायादेवी अनलाइन, कपिलवस्तु ।
नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष बिपुल पोख्रेलले सुचनाको हक कार्यान्वयनमा जोड दिनुभएको छ । कपिलवस्तुको चारनम्बर जितपुरमा भएको सुचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उपाध्यक्ष पोख्रेलले सुचनाको कार्यान्वयनमा पत्रकार र नागरिकले सम्बन्धित निकायलाई झकझकाउनुपर्ने बताउनुभयो ।
सरकारी कार्यालयहरुमा नागरिकले चाहेको बेला सुचना दिन नखोज्ने गरेको बताउदै उहाँ अब त्यो स्थिति आउन नदिने बताउनुभयो । उहाँले लोकतन्त्रमा सुचनाको हक महत्वपूर्ण हुने बताउनुभयो । नागरिकहरुले सेवा प्रदायक संघसंस्थाबाट सुचना पाउनका लागि अग्रसर बन्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालको अध्यक्षतामा भएको कार्यक्रमा महासंघका प्रदेश अध्यक्ष मौसम रोका, केन्द्रिय अध्यक्ष बसन्त गिरी, उपाध्यक्ष भरत केसी, प्रदेश सदस्य प्रेमनारायण आचार्य, मनोज श्रीवास्तब, लगायतले बोल्नुभएको थियो । कार्यक्रममा महासंघको प्रदेश समितिमा निर्वाचित पदाधिकारीलाई कपिलवस्तु शाखाले सम्मान पत्रले सम्मान गरेको थियो ।
कार्यक्रममा जिल्लाका कृयाशिल पत्रकारले सुचनाको हक कपिलवस्तुमा कार्यान्वयनका पक्षबाट आ आफना धारणा राखेका थिए । नेपाल पत्रकार महासंघ कपिलवस्तुका उपाध्यक्ष पार्वती पाण्डेको स्वागत मन्तब्यमा भएको कार्यक्रमको सञ्चालन शाखाका सचिब हरि अधिकारीले गर्नुभएको थियो ।
प्रतिक्रिया