५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

वातावरण दिवसको अवसरमा हिलवर्टद्धारा वृक्षारोपण



मायादेवी अनलाइन, कपिलवस्तु ।
हिलवर्ट इंग्लिस बोर्डिङ स्कूल पिपराले बिट पोलुशन प्लाष्टिक भन्ने नाराका साथ बिश्व बातावरण दिवस मनाएको छ । बुद्धरगंशाला चारनम्बर जितपुरमा भएकोे फोहोरमैलालाई ब्यवस्थापन संगै वृक्षारोपण गरि स्कूलले दिवस मनाएको हो ।
बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले वृक्षारोपण गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । उहाँले नगरले गर्नुपर्ने काम हिलवर्ट इंग्लिस बोर्डिङ स्कूलले गरेकोमा धन्यवाद दिदै आफुहरु पनि यस्ता काममा लागि पर्ने बताउनुभएको छ । उहाँले बातारणको संरक्षण संगै बृक्षारोपण गरि हराभरा बनाउनुपर्नेमा जोड दिनुभयो ।

यस्तै कार्यक्रममा बाणगंगा वेलफेयर सोसाईटी चारनम्बर जितपुरका अध्यक्ष राजकुमार खाँणले हिलवर्ट स्कूलले गरेको काम प्रति प्रशंसा ब्यक्त गर्दै आफु पनि यस्ता कार्यमा अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ ।
विद्यालयका प्राचार्य सुरेन्द्र पाण्डेले वातावरण दिवशलाई मध्यनजर गदै सरसफाई र बृक्षारोपण गरेको बताउनुभयो । हिलवर्ट वातावरण समितिका सदस्य रविन्द्र पौडेल, गिता पाण्डे र विद्यार्थी विकास भट्राई लगायतले कार्यक्रममा बोल्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्रबन्धक निर्देशक बुद्धिराम पौडेल, इलाका प्रहरी कार्यालयका कृष्ण प्रसाद भण्डारी, नेपाल पत्रकार महांसघ कपिलवस्तुका सचिब हरि अधिकारी लगायतको उपस्थिती रहेको थियो । वातावरण समिति संयोजक तारानाथ जैसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन डिल्लीराज पाण्डेले गर्नु भएको थियो ।
यस्तै सोही अबसरमा विद्यार्थीले वातावरण सफा राखौ पुथ्वी बचाउँ भन्दै चारनम्वर चोक देखि बुद्धरगंशाला सम्म ¥याली पनि निकालेका थिए । कार्यक्रममा १५० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २३ जेष्ठ २०७५ बुधबार ००:००  ३ : २६ बजे