५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

पिलर विनै कोषको सम्पर्क कार्यालय बन्दै



मायादेवी अनलाइन, तौलिहवा ।
सामान्यतया पक्की संरचना निर्माण गर्नुपूर्व पिलर खडा गरिन्छ । पिलरले भवनको संरचनालाई बलियो बनाउने काम गर्दछ । पिलर बलियो भएको खण्डमा भुकम्प लगायतका प्राकृतिक विपत्तिले कमै असर पु¥याउँछ । तर, कपिलवस्तुमा अवस्थित लुम्बिनी विकास कोष अन्तर्रगत सम्पर्क कार्यालयको भवन निर्माण पिलर बिना भैरहेको छ । सम्बन्धित निकायले भने त्यसको चासो देखाएका छैनन । कपिलवस्तु नगरपालिका वडा नंं. ३ स्थित बुद्धको क्रिडास्थल तिलौराकोट मै यस्तो भवन निर्माण भैरहेको हो । कोषको सम्पर्क कार्यालय माथि अहिले अर्को तला थप्ने गरि काम भैरहेको छ । तर, पिलर र छड विना नै । इट्टाको ग्राहो बचाउन पिलर राख्ने ठाउँमा एउटा सिंगल छठ बाहेक केही नराखि इट्टाको गाह्रो धमाधम लगाइएको छ ।
पिलर विना भवन निर्माणको काम भैरहँदा यहाँ स्थित कर्मचारी आगामी दिनमा हुन सक्ने जोखिम बारे चिन्तित देखिन्छन । ‘ यहाँ कार्यरत एक जना कर्मचारीले पिलर बिनाको भवनमा कसरी बस्ने भनेर चिन्ता जायर गरे । ‘लुम्बिनी विकास कोष जस्तो जिम्मेवार निकायले पिलर विनै भवन निर्माण गर्नु राम्रो होइन ती कर्मचारीले भने, “हामी साना कर्मचारीको कुरा कस्ले सुन्ने ?” पिलर विना निर्माण भएको संरचनालाई कुन दिन हावाहुरीले ढाल्ने हो भन्ने चिन्तामा यहाँका कर्मचारी छन । आजभोली दिनहुँजसो हावाहुरी चन्छ, कुन बेला निर्माणधिन संरचना भत्काउने हो भन्ने चिन्ता हुन्छ, ती कर्मचारीले भने ।
तर, लुम्बिनी विकास कोषले भने यसलाई निकै सहज रुपमा लिएको छ । लुम्बिनी बिकास कोषका योजना प्रमुख सरोज भट्टराईले भवन निर्माण गर्ने रकम कम भएको कारण पिलर राख्न नसकिएको बताए । तिलौराकोट क्षेत्र वरपर पुरातत्व विभागले ठुला ठुला पक्की संरचना बनाउन दिदैन उनले भने, “बाध्य भएर पिपर बिनाको तला थपेका हौँ ।” भवन एकदमै साघुँरो भएको र पाहुँनाहरुलाई समेत बस्ने ठाउँ नहुँदा भवन माथि तला थपिएको उनले बताए । तीन चार बर्षका लागि कोषका कर्मचारीको आवास गृह स्वरुप तला थपिएको उनले जनाए । साथै उनले कोषको पहिलो तलामा पनि पिलर नभएकोले माथिल्लो तलामा पिलर नराखिएको स्पष्ट पारे ।
तिलौराकोट कपिलवस्तु नगरपालिकाको कार्य क्षेत्र भित्र पर्दछ । नेपालको पुरानो नगरपालिकाको रुपमा रहेको कपिलवस्तु नगरपालिका बन्न लागेको संरचना भवन निर्माण मापदण्ड विपरित रहेको पाइएको छ । नगरपालिकाले नयाँ भवन निर्माण गर्दा सबैलाई नक्सा पास गर्न ताकेता गर्दै आएपनि लुम्बिनी विकास कोषले अटेर गरेको पाइएको छ । भुकम्प आएपछि नेपाल सरकारले अनिवार्य भूकम्प प्रतिरोधात्मक भवन निर्माण मापदण्ड देशैभरी लागु गरेको भएपनि कोषलाई भने लागु हुन सकेको छैन ।
कपिलवस्तु नगरपालिकाका इन्जिनियर सुनिल केसीले सरकारी भवनको संरचना निर्माण गर्दा भवन निर्माण मापदण्ड अनुसार अनिबार्य नक्सा पास गरेर काम शुरु गर्नुपर्ने बताउँछन । कोषले निर्माण गर्न थालेको संरचना बारे नगरपालिकामा कुनै जानकारी नभएको उनले बताए ।
लुम्बिनी विकास कोषले चार लाखको लागतमा तीन कोठे भवन निर्माण गर्न लागेको हो । चार लाख लागतमा स्थानीय ठेकेदारलाई उक्त भवन निर्माणको लागि ठेक्का दिइएको हो । कोषको सम्पर्क कार्यालय तिलौराकोटमा खटिएका कर्मचारीले भने यस्तो संरचनामा बस्न पनि जोखिम हुने बताएका छन । तर, विकल्प नभएपछि कर्मचारीलाई आवात जावत गर्न कठिनाई परेपछि निर्माणाधिन भवनले तत्कालाई केही भएपनि राहत मिल्ने कर्मचारीको विश्वास छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७५ मंगलबार ००:००  २ : १२ बजे