गीता अधिकारी, कपिलवस्तु ।
वाणगंगा १ स्थित दुर्गा भगवती मन्दिर बैरियामा आजदेखि पुरुषोत्तम महात्मय कथा प्रवचन शुरु भएको छ । ५ दिनसम्म संचालित हुने पुरुषोत्तम महात्मय महायज्ञको कथा बाचक पण्डित विष्णु प्रसाद ज्ञवालीले गर्नुभएको छ । अधिक मास परेको हुँदा कसैलाई दुख नपरोस र सवैलाई शान्ति मिलोस भन्ने उद्देश्यले पुरुषोत्तम महात्मय कथा श्रवण गर्ने धार्मिक विश्वास छ ।
पुरुषोत्तम महायज्ञमा पुरुषोत्तम कथा श्रवण तथा संगीतमय भजन कृतनका लागि सम्पूर्ण भक्तजनलाई सहभागी भईदिनुहुन समाजसेवी डोलकराम घिमिरेले आग्रह गर्नुभएको छ । दुर्गा भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चेतनारायण कडेलको अध्यक्षता तथा प्रमुख अतिथी मोतिकला नेपाल रहनुभएको कार्यक्रममा सहसचिव मोहन गौतमले स्वागत मन्तब्य दिनुभएको थियो ।
कार्यक्रममा वाणगंगा नगरपालिका वडा नम्बर एकका अध्यक्ष बालकुमारी पन्थ, वडा नम्बर २ का अध्यक्ष विष्णु पौडेल, माता भक्ति निशा अधिकारी, कथा बाचक पण्डित विष्णु प्रसाद ज्ञवाली, उषा नेपाल लगाएतले धार्मिक कार्यक्रमले सवैलाई एकतामा बाध्ने र सामाजिक रुपान्तरणको कार्यमा सहयोग पुग्ने बताएका थिए ।
कार्यक्रममा दुर्गा मन्दिर व्यवस्थापन समितिका सल्लाहकार घनश्याम घिमिरेले दुर्गा मन्दिरको ऐतिहासिक महत्व र संरक्षणमा स्थानीयको भूमिकाको बारेमा प्रकाश पार्नुभएको थियो । पुरुषोत्तम महायज्ञमा आई कथा श्रवण गरे सवैलाई शान्ति र शुभ हुने धार्मिक विश्वास छ ।
२१ जेष्ठ २०७५ सोमबार ००:००
0
Shares
प्रतिक्रिया