५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

पूर्व गूहमन्त्री शाहीको निधन



मायादेवी अनलाइन, काठमाडौं ।
पूर्वमन्त्री दानबहादुर शाहीको निधन भएको छ । ७६ वर्षीय शाहीको उपचारका क्रममा ग्राण्डि अस्पतालमा निधन भएको हो । अस्पतालले बिहान उहाँको निधन भएको घोषणा गरेको हो ।
पूर्वमन्त्री शाहीको मुटु, मिर्गौला र छातीमा समस्या भएपछि झण्डै एक हप्ताअघि अस्पताल भर्ना गरिएको थियो । यस अघि पनि स्वास्थ्यमा समस्या देखिरहने हुँदा उहाँलाई घर र अस्पताल लैजाने र ल्याउने गरिएको परिवारले बताएका छन् । शाही २०६० सालमा गृहमन्त्री बन्नुभएको थियो ।

प्रकाशित मिति : २० जेष्ठ २०७५ आइतबार ००:००  ३ : ३० बजे