बिकास बञ्जाडे, कपिलवस्तु ।
नगरस्तरीय निशुल्क १ दिने स्वास्थ्य शिबिर बुद्धभुमि नगरपालिका वडा नम्बर ४ मा रहेको भृकुटी माध्यामिक बिद्यालयमा सम्पन्न भएको छ । शिबिरको उद्घाटन गर्दै नगरप्रमुख केशब कुमार श्रेष्ठले नगरमा आगमी बर्षमा पनि ठाउ ठाउमा यस्तै स्वास्थ्य शिबिरको आयोजना गर्ने बताउनुभएको छ ।
उहाले स्वास्थ्य शिविर सञ्चालन गर्नुको मुख्य उदेश्य पर्याप्त रकम अभावमा बुटवल, भैरहवा लगायत टाढाका अस्पतालमा पुगेर उपचार गर्नबाट बञ्चीत समुदायलाइ थोरै भएपनि राहत दिनुका साथै आगामी दिनमा समेत जनताको स्वास्थ्यमा सुधार ल्याउने उदेश्यले आयोजना गरिएको बताउनुभयो ।
बुद्धभुमिनगरको आर्थिक सहयोग, वडा नम्बर ४ को आयोजना र देबदह मेडिकल कलेज रुपन्देहीको प्राबिधिक सहयोगमा उक्त शिबिर सम्पन्न भएको हो । नगरमा रहेका नाक, कान, घाँटी, पेट, छाला, पाठेघर, हाडजोर्नी, दाँत लगायतका विरामीलाई लक्षित गरी शिबिरको आयोजना गरिएको वडा नम्बर ४ का वडा अध्यक्ष पबन कुमार थारुले जानकारी दिनुभयो ।
देबदह मेडिकल कलेज रुपन्देही बाट ११ जनाको समुहमा आएका बिशेषज्ञ डाक्टरहरुले नगर भित्रका करिब ५५० जनाको निशुल्क स्वास्थ्य परिक्षण गरेको थिए । नगरपालिकाका स्वास्थ्य संयोजक गोकर्ण अर्यालको सञ्चालनमा भएको शिबिरमा वडा नम्बर ५ का वडा अध्यक्ष बेचन प्रसाद यादवको शुभकामना मन्तब्य र डोर बिक्रम बेल्बासेको स्वागत मन्तब्य रहेका थियो ।
२० जेष्ठ २०७५ आइतबार ००:००
0
Shares
प्रतिक्रिया