११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

मायादेवी साझेदारी बनको दोस्रो साधारणसभा



मायादेवी अनलाइन, कपिलवस्तु ।
मायादेवी साझेदारी बन व्यवस्थापन समिती कपिलवस्तुको दोस्रो साधारण सभा वाणगंगा नगरपालिका ११ बरवामा गरिएको छ । साधारण सभामा जिल्ला वन अधिकृत कृष्णदत्त भट्टले समान पहँुच र समान अधिकारका लागि एक जुट हुनुपर्नेमा जोड दिएका थिए ।
वन आर्थिक समृद्धिको आधार भएको जनाउनु भयो । त्यस्तै साझेदारी महासंघका उपाध्यक्ष तिलौराकोट साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष जय प्रकाश पाण्डेय , सेक्टर वनका प्रमूख सुवास चन्द्र दास, कपिलवस्तु साझेदारी वन व्यवस्थापनका अध्यक्ष गंगेस तिवारी र सूर्योदय मावि वरवाका प्रअ जगन्नाथ मरासिनीले शुभकामना मन्तव्य दिएका थिए ।
समितिका अध्यक्ष अब्दुल अजिज खाँनको अध्यक्षतामा भएको कार्यक्रममा साधारणसभाको आर्थिक प्रतिवेदन समितिका सदस्य हेमनाथ पौडेलले प्रस्तुत गर्नु भएको थियो । समितिका सदस्य चन्द्रकान्त आचार्यको स्वागत तथा अर्वेन्द्र कुमार श्रीवास्तवको सञ्चालनमा कार्यक्रम गरिएको थियो ।
मायादेवी साझेदारी वन व्यवस्थापन समितिको दोस्रो साधारणसभामा पुरानो समितिलाई बिघटन गरी नयाँ समिति चयन गरीएको छ । नव गठित समिति चयनमा अधिकांस पुरानै पदाधिकारीहरु र सदस्यहरु चयन रहेको बताइएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७५ आइतबार ००:००  २ : ५१ बजे