८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

बाख्रापालनबाट महिलाको जीवनस्तरमा सुधार



मायादेवी अनलाइन, गुल्मी ।
इस्मा गाउँपालिका–५ रजस्थलकी देवकला खड्काको दिनचर्या हिजोआज बाख्रा हेरचाहमा वित्ने गर्छ । २० भन्दा बढी माउ बाख्रा पाल्नुभएकी खड्काले बर्षमा खर्च कटाएर डेढ लाख भन्दा बढी रुपैया आम्दानी गर्नुहुन्छ । उहा जस्तै छिमेकी सुन्तली कुवँरले पनि त्यत्तिकै संख्यामा माउ बाख्रा पाल्नुभएको छ । २० माउ बाख्रा सहित ३३ बाख्रा पाल्नुभएकी कुवँरले वर्षमा २२ ओटा सम्म उन्नत जातका खसीवोका विक्री गर्नुहुन्छ । उहाको पनि दैनिकी अहिले बाख्राको स्याहार सुसार मै वित्न थालेको छ ।

देवकला र सुन्तली त गाउँमा उदाहरण पात्र मात्र हुन् । इस्मा गाउँपालिका ५ मा हरेक घरका महिलाहरु अहिले व्यवसायिक बाख्रापालनबाट जीविकोपार्जन गरिहरहेका छन् । बाख्रापालन व्यवसायले आर्थिक उन्नति सँगै महिलाहरुको जीवनस्तरमा परिवर्तन समेत ल्याएको छ । वडाका ८ सय २३ घरधुरीहरुमा अहिले बाख्रापालन ब्यवसाय फस्टाएको छ । २ बर्ष अगाडि गाउँमा हेफर इन्टरनेशनल नेपाल र उत्पीडित समुदाय उत्थान केन्द्र गुल्मीको सहयोगमा महिलाहरुलाई व्यवसायिक बाख्रापालन व्यवस्थापन सम्वन्धी तालिम दिएको थियो ।

तालिम पश्चात गाउँमा ७ वटा मुल समुह वनाएर महिलाहरुलाई माउ बाख्रा वितरण गरिएको हो । त्यसपछि गाउँका महिलाहरु व्यवसायिक बाख्रापालन तर्फ आर्क्षित भएका हुन । सुरुमा गठन भएको वेसालदेवी स्वावलम्वन महिला मुल समुहले एक वर्षपछि वहिनी समुह साल विसौनालाई आफुले लिएको बाख्राबाट जन्मिएको पाठापाठी हस्तान्तरण गरे ।

हरेक समुहका सदस्यहरुले नयाँ समुहका सदस्यलाई प्रत्येक वर्ष बाख्रा साटासाट तथा उपहार कार्यक्रम मार्फत जन्मिएको नयाँ पाठापाठी वितरण गर्छन् । वेसालदेवी मुल समुहवाट उपहार पाएर व्यवसायिक बाख्रा पालन गर्नुभएकी सालविसौना समुहकी धनकला केसीकोे खोरमा अहिले २५ भन्दा बढी माउ र पाठापाठीहरु रहेको बताउनुभयो ।

अघिल्लो बर्ष खसीबोका बेचेर १ लाख रुपैया कमाए केसीले भन्नुभयो ‘यो वर्ष धेरै आम्दानी होला भन्ने लागेको छ ।’ पछिल्लो सयम गाउँमा खेतीको सट्टा वाख्रापालन आर्थिक उपार्जनको गतिलो माध्यम वनेको वेसालदेवी समुहकी अध्यक्ष रेस्मी सार्कीले बताउनुभयो । हरेक घरपरिवारले बाख्रा पालेका छन् उहाले भन्नुभयो ‘बाख्रापालन साह्रोगाह्रो पर्दा गर्जो टार्ने माध्यम बनेको छ, विभिन्न समुहहरुमा पाठापाठीको माग धेरै छ ।

उहाका अनुसार पाठापाठी तथा बाख्रा खरिद गर्न टाढाबाट किसानहरु घरमै आउने गर्दछन । यहाँका ८ सय २३ घरपरिवारले वाख्रा पालन गरिरहेका छन् । बाख्रापालनवाट राम्रो आम्दानी हुन थालेपछि आफुहरुले नै घरको व्यवहार चलाउन थालेको सार्कीले बताउनुभयो । वाख्रापालनबाट हुने आम्दानी यहाँका हरेक महिलाले आवद्ध समुहमा वचत समेत गर्ने गरेका छन । वचत भएको रकम समुहका अन्य महिलाहरुलाई शुलभ व्याजमा ऋण लिई बाख्रा खरिद गर्ने लगायत अन्य काम गर्दै आएका छन । समुहबाट लिइने ऋण नै उनीहरुको लगानी गर्ने माध्यम हो । उनीहरु महिनामा आवश्यक पर्दा जतिवेला पनि वैठक बस्ने गर्दछन ।

यता व्यवसायिक बाख्रापालनले यो गाउँका महिलाहरुलाई आत्मनिर्भर बनाएको गाउँपालिका प्रमुख लक्ष्मण विष्टले बताउनुभयो । बाख्रापालनले यहाँका महिलाको जीवनस्तर उकास्न सहयोग गरेको छ अध्यक्ष विष्ट भन्नुहुन्छ‘ हामीले गउँपालिकावाट बाख्रापालनका लागि सहयोग कार्यक्रम दिएका छौ ।’ प्रमुख प्रशासकीय अधिकृत सरोज पोखरेलका अनुसार पनि महिलाहरु आत्मनिर्भर भएको देखेर यसै वर्ष उन्नत जातका बाख्रा खरिद गर्ने लगायतका लागि वजेट छुट्टाएको बताउनुभयो ।
गाउँमा बाख्रा राख्ने आधुनिक र व्यवस्थित रुपको खोर समेत निमार्ण भएका छन । उत्पीडित समुदाय उत्थान केन्द्र गुल्मीका अध्यक्ष कृष्ण सुनारका अनुसार इस्मारजस्थलमा गठन भएका ७ मूल समूह र २५ उपसमूहमा गरी ८ सय २३ घरधुरी संलग्न छन् । ‘अहिले इश्मामा मात्र ४ हजार उहाले भन्नुभयो ‘ब्यवसायिक बाख्रा पालनमा लागेपछि यहाँका दिदीवहिनीहरुले २० हजार रुपैयाँ सजिलै आम्दानी गर्न थाल्नुभएको छ ।’ इस्मा रजस्थलमा अहिले ७ वटा मुल र २५ वटा उपहार तथा बहिनी महिला समुह ब्यवसायिक वाख्रा पालनमा सक्रिय छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०७५ आइतबार ००:००  २ : ४० बजे