मायादेवी अनलाइन ।
करेला सेवन स्वास्थ्यका लागि राम्रो मानिन्छ । कम्तीमा हप्तामा एक पटक करेला खानुपर्छ । किनभने अन्य सब्जीको तुलनामा यसमा धेरै औषधिय गुण हुन्छ । यो खाएपछि सजिलै पच्छ । करेला प्रोटिन, क्याल्सियम, कार्बोहाइड्रेट, फस्फोरस र भिटामिनको स्रोत हो ।
यद्यपी करेलालाई स्वादिलो बनाउन फ्राइ गर्ने, तेलमा तार्ने गरिन्छ । धेरैजसोले त डिप फ्राइ गरेर करेला खाने गरेका छन् । यसले गर्दा करेलामा हुने तत्व नष्ट हुन्छ । सकेसम्म करेलालाई उसिनेर सेवन गर्नु राम्रो हो । यसलाई साँधेर सेवन गर्दा थप स्वादिलो पनि हुन्छ । ताजा करेलाको अचार, जुस बनाएर खान सकिन्छ ।
करेला खानुको फाइदा
कलेजोको रोगीलाई करेला सेवन लाभदायक हुन्छ ।
करेलाले रगत सफा गर्छ । साथै हेमोग्लोबिन बढाउँछ ।
करेलले पाचनशक्ति दुरुस्त राख्छ, भोक जगाउँछ ।
दमको बिरामीले करेलाको सेवन गर्नु राम्रो हो ।
करेलाको रस कागतिमा मिसाएर पानीसँग पिउदा तौल नियन्त्रण हुन्छ ।
करेला चिसो हुन्छ । त्यसैले गर्मीबाट पैदा हुने रोगीका लागि यसले राम्रो काम गर्छ ।
कफको रोगीले करेला सेवन गर्नुपर्छ ।
मधुमेहका लागि पनि करेला रामबाण हुनसक्छ । यसले सुगर लेभल नियन्त्रण गर्छ । -एजेन्सीको सहयोगमा
१९ जेष्ठ २०७५ शनिबार ००:००
0
Shares
प्रतिक्रिया