शरद रेग्मी, दाङ ।
नेपाली कांग्रेसका प्रवक्ता एवं युवा नेता विश्व प्रकाश शर्माले वर्तमान सरकारले ल्याएको बजेट यथार्थपरक भन्दा पनि बढि महत्वाकांक्षी भएको बताउनुभएको छ । प्रेस युनियन दाङले शनिवार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले वर्तमान सरकारले ल्याएको बजेटका सन्दर्भमा यस्तो प्रतिक्रिया व्यक्त गर्नुभएको हो ।
‘वर्तमान सरकारको अवस्था वायुपंखि घोडाको नारा, वयलगाडाको पारा जस्तै छ’ युनीयन दाङका कोषाध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रवक्ता शर्माले भन्नुभयो, ‘निजि क्षेत्रलाइ बजेटले समेट्न सकेको छैन ।’ साथै प्रवक्ता शर्माले वर्तमान सरकारले ल्याएको बजेटमा करको दर बढाइएको भन्दै दायरा नबढाए सम्म बजेटको लक्ष पुरा हुन कठिन भएको पनि बताउनुभयो । ‘करको दर बढाउने होइन, यसले नागरीकलाइ व्ययभार थप्छ, त्यसैले दर भन्दा दायरा बढाउनु उपयुक्त हुने थियो, शर्माले भन्नुभयो ।
त्यसै अवसरमा प्रवक्ता शर्माले अहिले वामपन्थीहरुको दुइतिहाइ वहुमतको सरकार गठन भएकाले कांग्रेसले सरकारका सकारात्मक कामको समर्थन गर्ने र सरकारको कमजोरी औल्याएर सहयोग गर्ने भद्र प्रतिपक्षिको भुमिका निर्वाह गर्ने रणनिति अपनाएको पनि बताउनुभयो । कांग्रेस लगातार नहार्ने र लगातार नजित्ने पार्टि भएको भन्दै पार्टिमा देखिएको गुटवन्दी र वामपन्थी एकताका कारण कांग्रेसले निर्वाचनमा पराजय भोगेको बताउंदै उहांले अव पार्टिलाइ नविनतम बनाउन लागिएको बताउनु भयो । त्यसै अभियान अनुरुप अहिले सवै नेताहरु देशदौडाहामा लागीरहनुभएको छ ।
‘कांग्रेसले नेतृत्व गरेको सरकारलाइ जति चुनौतिहरु थिए, अहिले ओलि नेतृत्वको सरकारलाइ छैन, यो अवस्थामा पनि वर्तमान सरकारले आर्थिक बृद्धिदरलाइ ८ अंकमा पु¥याउन सकेन भने, त्यो सवैभन्दा दुर्भाग्य हुने छ’—युवा नेता शर्माले भन्नुभयो । साथै उहांले वर्तमान सरकारका प्रधानमन्त्रीलाइ दृढ इच्छाशक्ति, विशाल हृदय र अधिक्तम लचकता अपनाएर समृद्धिका पक्षमा अघि बढ्न पनि सुझाव दिनुभयो । साथै उहांले वर्तमान सरकार भारतीय प्रधानमन्त्री मोदिको नेपाल भ्रमणकावेला राष्ट्रियताको सवालमा चुकेको बताउंदै भारतीय सेनाको खुला रुपमा नेपालमा प्रवेश गराइनु दुर्भाग्यपुर्ण अवस्था हो, यसले नेपाली सेना मोदिलाइ सुरक्षा दिन सक्ने अवस्थामा दिएन भन्ने संकेत दिन्छ ।
यसैबीच अर्को प्रशंगमा प्रवक्ता शर्माले मुलुक संघिय संरचनामा प्रवेश गरीसकेको अवस्थामा पनि पार्टिमा पुर्नसंरचना हुन नसक्नुका कारण निर्वाचनमा समेत केहि जटिल समस्या देखिएको भन्दै आउंदो भदौ महिनाभित्रै पार्टि नयां शिराबाट अघि बढ्ने बताउनुभयो । ‘भदौमा हुने महासमिति बैठकले पार्टिको विधान संसोधन गरे लगत्तै पार्टि पुर्नसंरचनामा प्रवेश गर्छ’—प्रवक्ता शर्माले भन्नुभयो, पुर्नसंरचनापछि पार्टि नयां ढंगले अघि बढ्ने छ ।
त्यसैगरी कांग्रेसले शशक्त प्रतिपक्षिको भुमिका निर्वाह गर्न नसकेको भन्ने सन्चारकर्मिहरुको जिज्ञासामा प्रमुख बक्ताका रुपमा रहेका शर्माले सरकार गम्भीर नभएमात्र कांग्रेस कठोर रुपमा प्रस्तुत हुने बताउनुभयो । पत्रकार सम्मेलनको सहजीकरण प्रेस युनियनका सहसचिव वालाराम खड्काले गरेका थिए ।
प्रतिक्रिया