मायादेवी अनलाइन ।
हामीले दैनिक जीबनमा प्रयोग गरिआएको धनिया तरकारी वा अचारको टेस्टको लागि प्रयोग गर्छौ । धनियाको बिया जमिनमा छरिदियो भने उम्म्रिदै आउछ र त्यसलाई जरैदेखि उखलेर दैनिक जीबनमा प्रयोग गर्ने गरिन्छ । हरियो धनिया मात्र नभई यसको बियालाई पानी पिसेर तरकारीलाई स्वादिष्ट बनाउन् सकिन्छ ।
धनियामा हुने पोषण
धनिया को बीजमा phytonutrients भन्ने पोषण हुन्छ, जुन डाइट्री फाइबर्सको प्रमुख स्रोत हो । यसमा म्यागनीज, आईरन, म्याग्नििशयम धेरै मात्रामा हुन्छ । यसमा भिटामिन सी र प्रोटीनहरु पनि पाइन्छ, यसमा कम मात्रामा क्याल्शियम, फोस्फोरस, पोटाशियम, थायमिन र क्यारोटीन पाइन्छ ।
धनियाको पात, स्वास्थको लागि फाईदाजनक
धनियाको पातले हाम्रो शरिरमा भएको अनावश्यक कोलेस्ट्रोल कम गर्नुको साथै शरीरलाई फाइदा हुने कोलेस्ट्रोल बढाउछ ।
पाचन प्रणालीको लागि एकदम फाईदाजनक र लिभरलाई सन्तुलित राख्ने काममा यसले सहयोग गर्छ ।
धनियामा भएको बिबिध भिटामिनले अल्जामियेर, डायेबिटिज, सुगर जस्ता बिरामीलाई फाइदा पुर्याउँछ ।
धनियामा भएको फाइटोन्यूट्रिएन्ट्स रेडिकल खराब हुनमा पनि धनियाले फाइदा गर्छ ।
धनियामा anti-inflammatory तत्व पाइन्छ, जसले थ्य्रोइड कन्ट्रोल गर्छ ।
हरियो धनिया पिसेर अनुहारमा भएको पिम्पल्स हटाउन पनि सकिन्छ ।
हरियो धनियाँलाई उमालेर बिहान खाली पेटमा खायो भने पेटमा भएको पत्थरी युरिन हुँदै जान्छ ।
धनियाले रगतलाई शुद्धीकरण गर्छ ।
हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ ।
अरुचिको समस्या भएकाहरूले चटनी अथवा तरकारीमा हरियो धनिया मिसाएर खाँदा राम्रो हुन्छ ।
आँखा सम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ ।
हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् । पेटमा रहेका कीटाणुलाई पनि हरियो धनियाले मार्ने गर्छ ।
धनियाँ खाँदा शरीरमा सञ्चय भएका अक्सिडेन्टलगायत विकार शरीर बाहिर निस्किन्छ ।
एजेन्सीको सहयोगमा
१९ जेष्ठ २०७५ शनिबार ००:००
0
Shares
प्रतिक्रिया