मायादेवी अनलाइन, तुलसीपुर ।
तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिले सामुदायिक विद्यालयलाई शुल्क विवरण बुझाउन आग्रह गरेको छ । सामुदायिक विद्यालयले विभिन्न बहानामा शिक्षा ऐन विपरित शुल्क लिएको भन्ने सुन्नमा आएकाले तत्काल त्यस्तो कार्य रोक्नका लागि आग्रह गरेको हो ।
उपमहानगरपालिका शिक्षा समितिका संयोजक देवराज विकको अध्यक्षतामा बसेको बैठकले जेठ २३ गतेसम्म अनिवार्य रुपले सम्पूर्ण विवरण बुझाउन आग्रह गर्ने निर्णय गरेको हो ।
बैठकले विद्यालयमा शुल्क उठाउने आधार, शीर्षक र प्रक्रियाका बारेमा स्पष्ट पार्नसमेत आग्रह गरेको छ । शिक्षा नियमावली २०५९ को नियम १४७ र अनुसूची २२ बमोजिम प्रक्रिया पु¥याएर जानकारी दिनका लागि पनि बैठकले आग्रह गरिएको छ ।
१९ जेष्ठ २०७५ शनिबार ००:००
0
Shares
प्रतिक्रिया