४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

ओलीले बहुमतको दम्भ देखाए कांग्रेसले प्रतिरोध गर्छ : सिटौला



मायादेवी अनलाइन, रुपन्देही ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमतका नाममा तानाशाह लाद्न खोजे सशक्त प्रतिरोध गर्ने बताउनु भएको छ ।

उहाँले प्रधानमन्त्री ओली बहुमतका आडमा अधिनायकवाद लाद्न उद्यत रहेको संकेत आइरहेको बताउँदै लोकतन्त्र र संविधान बचाउनका लागि कांग्रेस अविचलित रहने बताउनुभयो । रिर्पोटस क्लव पाँच नम्बर प्रदेशले शुक्रबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले संसदमा सरकारको नीति तथा कार्यक्रमको विषयमा मौन रहनु गल्ती भएको बताउदै बजेटका खराब पक्षको कांग्रेसले भण्डाफोर गर्ने बताउनुभयो ।

कांग्रेसलाई बलियो प्रतिपक्ष रुपमा स्थापित गराउन पार्टी्भित्रै आमूल परिवर्तन आवश्यक रहेको उहाँको भनाई छ । पार्टीका पूर्व महामन्त्री समेत रहनु भएका सिटौलाले आगामी महासमितिको बैठकले कांग्रेसलाई नयाँ कार्ययोजनासहित कार्य्दिशा दिने बताउँदै महासमितिलाई वैचारिक सम्मेलनको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

उहाँले पार्टी नेतृत्व अपारदर्शी र अलोकतान्त्रिक बन्दै जानु दुखद भएको बताउनुभयो । बालकृष्ण ढुंगेललाई सरकारले माफी दिनु गलत भएको बताउँदै माफी दिनुअघि पीडित पक्षको सहमति आवश्यक भएको सिटौलाले बताउनुभयो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७५ शनिबार ००:००  १ : २६ बजे