पार्वती पाण्डे, कपिलवस्तु ।
वाणगंगा नगरपालिका वडा नं २ को कार्यालयले महिलाहरुका लागि एक महिने बुटिक तालिम सोमवार देखि शुरु गरेको छ । कार्यालयको लक्षित वर्गको बजेट अन्तरगत सोहि वडाका २५ जना महिलाहरुलाई तालिम प्रदान गर्ने भएको हो । तालिमको उद्घाटन गर्दै नगरका मेयर मंगल प्रसाद थारुले महिलाहरुलाई आत्मनिर्भर बनाउन नगरले विभिन्न सिपमुलक कार्यक्रमहरु राखेको बताउनु भयो । कार्यक्रममा बोल्दै उपमेयर चक्रपाणी अर्यालले महिलाहरुले सिकेका सिपलाई व्यवहारमा उतार्ने गरि ध्यान पुर्वक सिक्न आग्रह गर्नु भयो ।
कार्यक्रममा वडा अध्यक्ष विष्णु पौडेलले २ नं वडाका महिलाहरुलाई आर्थिक रुपले समृद्ध पार्नका लागि बुटिक सिप मुलक तालिमको आयोजना गरिएको बताउनु भयो । वडा भित्रका सबै समुदायका महिलाहरुलाई आर्थिक रुपले सक्षम बनाउन तालिमको आयोजना गरिएको उहाँले जानकारी दिनु भयो ।
वडा कार्यालयका सचिव नरेन्द्र पौडेलको सञ्चालनमा भएको कार्यक्रममा टोलविकास समितिका कृष्ण बहादुर कार्की, गोमा अधिकारी, निशा परियार लगायतले तालिम सफलताको शुभकामना दिनु भएको थियो । तालिम पाए पछि महिलाहरु खुशी भएका थिए । एक महिना सम्म चल्ने तालिमको सहजिकरण सुनिता चौधरीले गर्नु हुने बताइएको छ ।
९ जेष्ठ २०७५ बुधबार ००:००
0
Shares
प्रतिक्रिया