हरि अधिकारी, कपिलवस्तु ।
कपिलवस्तुमा गत वर्षदेखि संचालनमा आएको समता स्कुलले राम्रो नतिजा ल्याउन सफल भएको छ । गत शैक्षिक सत्रदेखि कपिलवस्तुको वाणगंगा ४ सिद्धिपुरमा शुरुवात भएको समता स्कुलले गुणस्तरीय शिक्षा प्रदान गर्दै राम्रो नतिजा ल्याउन सफल भएको हो ।
महिला शिक्षकहरुको व्यवस्थापनमा संचालन भएको समता स्कुलले हाल कक्षा २ सम्म पठनपाठन गरेको छ । पूर्णतया अग्रेंजी माध्यमबाट पढाई हुने समता स्कुलमा बालमैत्री शिक्षण सिकाई तथा विविध शैक्षिक कृयाकलाप हुने गरेको प्रिन्सिपल सरिता खत्रीले बताउनुभयो ।
गत शैक्षिक शत्रदेखि संचालन भएको उक्त विद्यालयमा नर्सरी देखि कक्षा २ सम्म १ सय ३० विद्यार्थी पठनपाठन गर्दै आएका छन् । स्कुलले २।२ महिनामा परिक्षा, अतिरिक्त कृयाकलाप, सिर्जनात्मक कार्यक्रम, अडियो÷भिडियोको माध्यमबाट शिक्षण, विद्यार्थीको रुची अनुसारको पठनपाठन गरेर राम्रो नतिजा ल्याएको प्रिन्सिपल खत्रीले बताउनुभयो । गएको शत्रबाट पठनपाठन शुरुवात गरेको समता स्कुलले गुणस्तरीय शिक्षा दिएर अभिभावकको मन जितेको अभिभावक विनोद पन्तले बताउनुभयो । ९ जना महिला शिक्षक रहेको समता स्कुलमा विद्यार्थीलाई बालमैत्री वातावरणमा शिक्षण गराएको अभिभावक शंकर नेपालीले बताउनुभयो ।
नेपालमा मात्र नभई सार्क राष्ट्रमा समेत संचालित समता स्कुल कपिलवस्तुमा शुरु हुँदा यस क्षेत्रको शैक्षिक विकासमा महत्वपूर्ण टेवा पुग्ने समता स्कुल कपिलवस्तुका स्थानीय संरक्षक अमृत घिमिरेले बताउनुभयो । अभिभावक आफना बालबालिकाको पढाई प्रति सन्तुष्टी भएकोले भावी दिनमा शैक्षिक गुणस्तरमा जोड दिदै कक्षा बृद्धि गर्दै लैजाने संरक्षक घिमिरे जानकारी दिनुभयो । नाम चलेका महंगा निजी विद्यालय छाडेर अभिभावकले समता स्कुलमा विद्यार्थी पठाएको हुँदा अभिभावको अपेक्षा पुरा गर्ने तर्फ व्यवस्थापन टिम नयाँ योजनाका साथ लागेको संरक्षक घिमिरेको भनाई छ ।
१८ वर्षअघि बाट काठमाण्डौंको जोरपाटीबाट शुरुवात गरेको समता स्कुलले शिक्षा क्षेत्रमा नयाँ आयाम थपेको छ । समता स्कुलले देशभरी नै नर्सरी देखि उच्च शिक्षासम्मको शिक्षामा मासिक १ सय शुल्कमा पठनपाठन गरेको छ । नेपालका ७७ जिल्लामा समता स्कुल संचालनमा आएको छ । अहिले सरकारी तथा निजी क्षेत्रबाट दिइएको शिक्षा २ खालको छ – स्थानीय संरक्षक अमृत घिमिरेले भन्नुभयो – दुवै खालको शिक्षामा धेरै भिन्नता छ । सरकारी र निजी क्षेत्रको बीचको खाडललाई पुरा गर्न समता फाउण्डेशन शुरुवात भएको बताइएको छ ।
सवैका लागि शिक्षा भन्ने लक्ष्यका साथ स्थापना भएको समता स्कुलको सार्क मुलुकमै अलग्गै पहिचान बनेको छ । देशभित्र तथा सार्क मुलुकलमा समता स्कुलको नामबाट संचालित उक्त विद्यालयले शिक्षामा सवैको सहज पहुँच पु¥याउने लक्ष्य लिएको छ । पछिल्लो समय गुणस्तरीय शिक्षाको नाममा निजी विद्यालयले अभिभावकसंग चर्को शैक्षिक शुल्क उठाइरहदा मासिक एकसय रुपैयामा मात्र गुणस्तरीय शिक्षा दिएपछि अभिभावकको आकर्षण बढेको स्थानीय बताउछन् । सिमान्तकृत तथा विपन्न समुदायको शिक्षामा सर्वसुलभ पहुँच पुगोस भनेर मासिक एकसयमै समता स्कुलले गुणस्तरीय शिक्षा प्रदान गरेको छ ।
९ जेष्ठ २०७५ बुधबार ००:००
2
Shares
प्रतिक्रिया