मायादेवी अनलाइन, कपिलवस्तु ।
नेकपाको ४५ सदस्यीय स्थायी कमिटीमा एमालेवाट अन्तिममा ४ जना थपिएकाछन् । त्यसरी थपिनेमा कपिलवस्तुमा विगतमा पार्टी सचिव रहेर काग गरेका नेता बेदुराम भुसाल समेत परेकाछन् । थपिनेमा बिष्णु रिमाल, रघुजी पन्त, बेदुराम भुसाल र रघुवीर महासेठ छन् ।रिमाल, भुसाल र महासेठ नवौं महाधिवेशनमा सचिव पदमा उम्मेदवार बनेर पराजित भएका थिए भने पन्त उपमहासचिवमा पराजित भएका थिए । त्यो बेला रिमाल र महासेठ ओली प्यानलबाट उम्मेदवार थिए भने पन्त र भुसाल माधव नेपाल प्यानलमा थिए ।
नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटीमा तत्कालिन एमालेले २४१ सदस्य पाएको थियो । तीमध्ये बिभिन्न आयोगका अध्यक्षलाई पनि जोडेर २०० संख्या पु¥याइए पनि उनीहरु केन्द्रीय कमिटी सदस्य होइनन् ।
अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा, सल्लाहकार परिषदका अध्यक्ष केशव बडाल, लेखा आयोगका अध्यक्ष डा.पुष्प कडेल र निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासी ४४१ सदस्यीय कमिटीभित्र नरहने भएका छन् । उनीहरुको हैसियत आमन्त्रितका रुपमा रहनेछ ।चार नेता आमन्त्रितमा परेपछि एमालेको तर्फबाट २६ सदस्यीय स्थायी कमिटीमा चार नेता थपिएका छन् ।
९ जेष्ठ २०७५ बुधबार ००:००
0
Shares
प्रतिक्रिया