२१ पुस २०८१, आइतबार | Mon Jan 6 2025

आईपीएल: राजस्थान प्लेअफमा, पञ्जाब बाहिरियो



मायादेवी अनलाइन, काठमाडौं ।
इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तरगत आइतबार रातिकोखेलमा चेन्नर्ई सुपर किंग्सले किंग्स ११ पञ्जाबलाई ५ विकेटले पराजित गरेपछि राजस्थान रोयल्स प्ले अफमा पुगेको छ । पञ्जाब प्रतियोगिताबाट बाहिरिएको छ ।
पुनेमा भएको खेलमा चेन्नईले टस जिति फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको पञ्जाबले १९.४ ओभरमा सबै विकेट गुमाएर १५३ रन जोड्यो । चेन्नर्ईले १९.१ ओभरमा ५ विकेट गुमाएर १५९ रन बनाउँदै जित हात र्पयो ।
पञ्जाबको सुरुवाती ब्याटिङ निकै खराब रह्यो , आक्रमक ब्याटिङ गर्ने ओपनर द्वय क्रिस खेल र केल राहुल र अर्का भरपर्दा ब्याट्सम्यान आरोन फिंच चार ओभरमै गुमाउन पुग्दा पञ्जाबको ब्याटिङ लाइन धरासायी बनेको थियो ।
मनोज तिवारी, डेभिड मिलर, करुण नायरले पञ्जाबको स्कोर उकास्न योगदान गरे । करुण नायरले सर्वा्धिक ५४ रन बनाए, मनोज तिवारीले ३५, मेभिड मिलरले २४ र अक्सर पटेलले १४ रन बनाए अन्यले दोहोर अंकको रन बनाउन सकेनन् ।
चेन्नईका लागि दक्षिण अफ्रिकी बलर लुंगी जिदीले मात्रै ४ विकेट दिए । १५४ रनको सामान्य लक्ष्य पाएको चेन्नईको पनि सुरुवाती राम्रो थिएन । पाचौं ओभरमै २७ रन बनाउँदा ३ विकेट गुमाइ सकेको थियो । १० ओेभरमा ५८ रन बनाउँदा ४ विकेट गुमाएर कमजोर अवस्थामा पुगेको चेन्नर्ईलाई सुरेश रैना र दिपक चहरले पाचौं विकेटका लागि ५६ रनकोसाझेदारी गर्दै जितको नजिक र्पुयाए ।
चेन्नईका लागि सुरेश रैना सर्वा्धिक ६१ रन बनाए । दिपक चहरले ३९, हरवजन सिंहले १९ र धोनीले १६ रन बनाए । पञ्जाबका कप्तानसमेत रहेका रविचन्द्र आश्विन र अंकित राजपुतले चेन्नईको २–२ विकेट लिए । हारपछि १२ अंकमा पञ्जाब सीमित हुँदा र १४ अंकका साथ अंक तालिकाको चौथो स्थानमा रहेको राजस्थान प्ले अफमा स्थान पाउन सफल भयो।
आइतबार कै अघिल्लो खेलमा दिल्लीले मुम्बईलाई हराउँदा राजस्थानलाई प्ले अफमा पुग्ने बाटो खुलेको थियो । सनराइजर्स हैदरावाद १८ अंकसाथ पहिलो, समान अंक रहेका चेन्नई दोस्रो १६ अंक रहेको कोलकत्ता चेस्रो स्थानमा रहँदै प्लेअफमा स्थान बनाइ सकेको छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७५ सोमबार ००:००  २ : ०० बजे