५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

नेकपाको केन्द्रिय सदस्यमा बिमला घिमिरे, ‘यस्तो छ राजनीति यात्रा’



पार्वती पाण्डे, कपिलवस्तु ।
नेकपाको केन्द्रिय समितिमा साविक एमालेवाट थप हुने ४१ सदस्यमा कपिलवस्तुकी एमाले महिला नेतृ विमला घिमिरे पर्न सफल हुनु भएकोछ । दुबैपार्टी एकतापछि एमालेका तर्फवाट २४१ जना र माओवादीका तर्फवाट २०० जना रहने सहमति अनुसार एमालेले कपिलवस्तुकी नेतृ विमलालाई सदस्य वनाउने गरी ४१ नया सदस्यको सूची फाइनल गरेको हो ।
घिमिरे कपिलवस्तुवाट केन्द्रिय सदस्य बन्न सफल भएकोमा नेकपा एकता संयोजन समितीका संयोजक झविलाल पोख्रेलले विज्ञप्ती जारी गरेर बधाई ज्ञापन गर्नु भएकोछ । उहाले नेकपाका अध्यक्ष केपि ओली सहितका स्थायी कमिटीका नेताहरुलाई कपिलवस्तुका लागि दिएको स्थानप्रति कृतज्ञता प्रकट गर्नु भएकोछ ।
यता नेतृ घिमिरेले एकपछि अर्काे राजनैतिक उचाई हासिल गर्न सफल हुनु भएकोछ । गत हप्ता मात्र एमाले प्रदेश कमिटी प्रदेश नं ५ मा मनोनित हुनु भएकी नेतृ पुनः केन्द्रिय सदस्य बन्न सफल हुनु भएको हो । २०२९ सालमा जन्मिएकी घिमिरेले २०४६ सालमा अनेमसंघ कोपवाको सचिववाट राजनीति शुरु गर्नु भएको हो । उहाले २०४८ मा अनेमसंघकै जिल्ला सचिव हुदै करिव ५ वर्ष यता अनेमसंघको केन्द्रिय सदस्यमा रहदै आउनु भएकोछ ।
२०४७मा एमालेको संगठित सदस्यता हासिल गरेकी घिमिरे २०४९ सालमा एमाले इलाका नं ५को इलाका कमिटी सदस्य हुनु भएको थियो । उहा २०६३मा एमालेको जिल्ला उपसचिव भएको केही समयमा एमाले राष्ट्रिय प्रतिनिधी परिषद सदस्यमा मानोनित हुनु भएको थियो । राष्ट्रिय प्रतिनिधी परिषद सदस्य छाडेर ४ वर्ष अघि भएको जिल्ला अधिबेशनवाट एमाले कपिलवस्तुको जिल्ला सचिव हुनु भएको थियो ।
केपि ओली अध्यक्ष बन्दै गर्दाको केन्द्रिय महाधिबेशनमा केन्द्रिय सदस्यमा उम्मेदवार वनेकी घिमिरे झिनो मतले पराजित हुनु भएको थियो । यसपाली विगतको महाधिबेशनमा झिनोमतले पराजित भएकाहरुले केन्द्रमा मनोनित हुन प्राथमिकता पाउने सहमति अनुसार उहा कपिलवस्तुवाट केन्द्रमा पर्न सफल हुनु भएको हो ।
घिमिरेले राजनीतिमा एकपछि अर्काे सीढी निरन्तर पार गर्दै माथि चढि रहदा उहाले गत स्थानीय निर्वाचनमा वाणगंगा नगरको मेयरको प्रत्यासी भएर झिनोमतले पराजित हुनु वाहेक अरु कुनै पनि क्षेत्रमा असफलता भोग्नु परेको छैन । केन्द्रिय सदस्यमा मनोनित भएकी घिमिरेले पार्टीले गरेको उच्च मूल्यांकनलाई शिरोपर राखि निरन्तर खटेर काम गर्ने प्रतिवद्धता जनाउनु भएकोछ ।यता कपिलवस्तुवाट विष्णु पन्थी र बलराम अधिकारीको समेत केन्द्रिय सदस्यकालागि चर्चा भएकोमा उहाहरु पर्न सक्नु भएन ।

प्रकाशित मिति : ७ जेष्ठ २०७५ सोमबार ००:००  १ : ४२ बजे