४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

परि थापा भन्छन्, ठुला दलबाट केही आशा गर्न सकिन्न !



दीपा महत, कपिलवस्तु ।
नेकपा (क्रान्तिकारी माओवादी) का स्थायि कमिटी सदस्य परि थापाले मुलुकमा बर्जुवा लोकतन्त्र र गणतन्त्र आएको बताउनु भएको छ । मुलुकको व्यवस्था परिवर्तन गर्न जनताले बलिदानी दिएपनि नेताको शैली नफेरिएको बताउनुभयो । राजनीतिक परिर्वतनको फाइदा उठाउदै राजनितीमा नातावाद र कृपावाद हाबी भएको उहाले चर्चा गर्नुभयो ।
क्रान्तिकारी युवा लिग नेपालले जितपुरमा गरेको युवा मार्च कार्यक्रमलाई सम्बोधन गर्दै उहाले यस्तो बताउनु भएको हो । अहिलेका ठुला दलहरुले पुरानै राज्यसत्तालाई पुन व्यूताउन खाजेको उहाले आरोप लगाउनु भयो । कोशी, कर्णली र महाकाली ठूला दलले बेचेको भन्दै अब जनता सचेत हुने बेला आएको नेता थापाले बताउनुभयो ।
ठुला दलका नेता कुनै पनि हालतमा राष्ट्रवादी हुन नसक्ने भन्दै राष्ट्रवादको नाटक नगर्न आग्रह गर्नुभयो । अहिलेका ठुला दल सत्ता लुछाचुडामा लागेको आरोप लगाउनुभयो ।
फरक प्रसंगमा बोल्दै उहाले ६ महिना नाका बन्दी गरेर नेपाली जनतालाई दुख दिएको स्मरण गर्दै भारतिय प्रधानमन्त्री आउदा गरिएको सत्कारले खोक्रो राष्ट्रवाद झल्कीएको स्पष्ट पार्नु भयो ।
देशका ठुलाठुला डनहरु चरी, घैटे र मनोज पुन जस्तालाई राजनितिक दलकै नेताबाट संरक्षण गरिएको उहाले बताउनुभयो । आफ्नो पार्टीले समृद्ध नेपाल चाहेको हुदा अभियानमा साथ दिन नेपाली जनतालाई उहाले आग्रह गर्नु भयो ।
यस्तै कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य समिर केसीले नेकपा एमाले र माओवादी केन्द्र विचको एकता लुटको कारखाना भएको आरोप लगाउनुभयो । कार्यक्रमको संचालन जिल्ला सचिव आकास जिसीले गर्नु भएको थियो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७५ आइतबार ००:००  ३ : ०२ बजे