११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

प्रहरीद्वारा १२० लिटर अबैध घरेलु मदिरा नष्ट



सीताराम चौधरी, कपिलवस्तु ।
वडा प्रहरी कार्यालय चन्द्रौटाले १सय २० लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ । दाङको गढवा गाउँपालिका १, कालाकाटेबाट लु १ ख ७६५९ र लु १ ख ८८९८ नम्बरको बसमा लोड गरी विक्री वितरणका लागि कपिलवस्तुतर्फ ल्याउँदै गर्दा प्रहरीले उक्त मदिरा बरामद गरेको हो ।
विशेष सुराकीको आधारमा शिवराज नगरपालिका १ फारलाइनमा चेकजाँचका क्रममा प्रहरीले मदिरा सहित दुई महिलालाई समेत नियन्त्रणमा लिएको थियो । प्रहरीले पत्रकारहरुको रोहबरमा प्रहरी परिसरमा खाल्डो खनी नष्ट गरेको छ ।
घरेलु मदिराको अबैध कारोबारलाई रोकथाम गर्न विशेष अभियान संचालन गरिएको प्रहरी निरीक्षक झविन्द्र प्रसाद भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : ५ जेष्ठ २०७५ शनिबार ००:००  ४ : ४६ बजे