११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

स्थानीय तहमा धमाधम शिक्षक नियुक्ती



मायादेवी अनलाइन, रसुवा ।
रसुवाका स्थानीय तहले विद्यालयमा करार शिक्षक नियुक्ति गर्न थालेका छन् । लामो समयदेखि विद्यालयमा शिक्षक रिक्त हुँदा सामुदायिक विद्यालयबाट गुणस्तरीय शिक्षा दिन नसकिएपछि जिल्लाको नौकुण्ड गाउँपालिकाले करारमा शिक्षक नियुक्त गरेको हो ।
गाउँपालिकाले एकै चोटी १५ जना शिक्षकलाई करारमा नियुक्ति दिएको छ । नयाँ शैक्षिक सत्र सुरु भएसँगै सम्पूर्ण विद्यालयमा पर्याप्त शिक्षक र्पुयाउने लक्ष्य अनुसार शिक्षक नियुक्त गरिएको गाउँपालिकाकी उपाध्यक्ष सृजना लामाले बताउनुभयो ।
परीक्षामा सहभागी भएका ५१ जनामध्ये उत्कृष्ट अंक ल्याएका शिक्षकलाई करारमा सेवा प्रवेश गराइएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख धर्मबहादुर थोक्राले बताउनुभयो ।
छनोट गरिएका शिक्षकमध्ये माध्यमिक तहमा दुई जना, आधारभूत तहमा एक जना र प्राथमिक तहमा १२ जना रहेका प्रमुख थोक्राले जानकारी दिनुभयो । सामुदायिक विद्यालयमा शिक्षकको अभाव हुँदा गुणस्तरीय शिक्षा दिन नसकिएको शिक्षक प्रभाकर अधिकारीले बताउनुभयो ।

प्रकाशित मिति : ४ जेष्ठ २०७५ शुक्रबार ००:००  १० : २२ बजे