४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नेविसंघद्वारा आयल निगम घेराउ, यस्तो छ आरोप



मायादेवी अनलाइन, काठमाडौं ।
नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ ।
सरकारले पेट्रोलियम पदार्थमा पटकपटक मूल्यवृद्धि गरेर जनतालाई मारमा पारेको भन्दै नेविसंघले शुक्रबार एक घण्टा बबरमहलस्थित निगम कार्यालयमा नारावाजी र घेराउ गरेको हो ।
नेविसंघका नेता दीपक भट्टराईले आयल निगमले कमिसनका लागि पटकपटक मूल्यवृद्धि गरेर जनतालाई दुःख दिएको भन्दै नेविसंघ मूल्यवृद्धिको विरोधमा उत्रिएको बताउनुभयो । ‘आयल निगम कमिसनमा होइन, पारदर्र्शी रुपमा चल्नुप¥यो’, उहाँले भन्नुभयो ।
नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
यसैबीच नेविसंघले आजै नेपाल आयल निगमका निमित्त नायव कार्यकारी निर्देशक सुशील भट्टराईलाई ज्ञापनपत्र समेत बुझाएको छ । मनलाग्दी रुपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै ध्यानाकर्षण गरेको हो ।
ज्ञापनपत्र बुझ्दै नायव कार्यकारी निर्देशक भट्टराईले पेट्रोलियम पदार्थको अन्तर्रा्ष्ट्रिय मूल्यवृद्धिअनुसार नै मूल्य समायोजन गरेको बताउनुभयो ।

प्रकाशित मिति : ४ जेष्ठ २०७५ शुक्रबार ००:००  १० : १८ बजे