भगवती न्यौपाने, चारनम्बर ।
युवा लेखक जिएस पौडेलले लेखेको पहिलो उपन्यास “एक सर्को माया” को बैशाख २९ गते चार नं जितपुरमा समिक्षा गरिएको छ । चेतनशिल प्रतिष्ठान कपिलवस्तुको आयोजना, दधि स्मृति साहित्य समाज कपिलवस्तुको सहआयोजना र रोटरी क्लब अफ कपिलवस्तु मिडटाउन र रोट्रयाक्ट अफ कपिलवस्तु संस्थाहरुको सहयोगमा उपन्यासको समिक्षा गरिएको हो ।
समिक्षा कार्यक्रममा बोल्दै बासुदेब घिमिरे, अर्जुन शर, ज्ञानराज अर्यालले “एक सर्को माया” उपन्यासमा भएका पात्र र तीन निभाएका भूमिकाका बिषयमा जानकारी गराउनुभएको थियो । उपन्यासको विषयबस्तुमा देश बिदेश घुमफिर, लागुऔषध दुव्यसन, प्रेम, बिमान दुर्घटना रहेका छन । यी विषयवस्तुले उपन्यासलाई राम्रो बनाएको छ । उपन्यासका जिएस पौडेल रहनुभएको छ ।
कार्यक्रममा उपस्थित लोकप्रिय रेडियोकर्मी तथा बुलबुल कार्यक्रममा चर्चित प्रस्तोता अच्युत घिमिरेको पनि उपस्थिती रहेको थियो । सधै रेडियो कार्यक्रममा आवाज मात्र सुनेका कपिलवस्तुबासीले अच्युत घिमिरेलाई प्रत्यक्ष देख्ने अवसर पाएका छन ।
चेतनशिल प्रतिष्ठानका अध्यक्ष असिम भट्राईको अध्यक्षतामा भएको कार्यक्रममा लक्ष्मण अधिकारी, अमृत भुषाल, दिलिप कार्की, केबी धुवाँले, सन्देश ज्ञवाली, सिद्धार्थ क्याम्पसका स्वाबियु सभापति शुसिल खत्री र वाणगंगा क्याम्पस लौगाईका स्वाबियु सभापति माधब पौडेल लगायतको आतिथ्यता रहेको थियो । तिलक पाण्डेको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन समिर शायरले गर्नुभएको थियो ।
प्रतिक्रिया