१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

विकास निर्माणमा वडा नं. ७ एक नम्बर



मायादेवी अनलाइन, वाणगंगा ।
स्थानीय तहको निर्वाचन पछि विकासको कामले तीव्रता पाउँदै गएको छ । स्थानीय तहमा जनप्रतिनिधि आए संगै विकासको होडबाजी पनि चलिरहेको छ । यसैक्रममा वाणगंगा नगरपालिकाको २१ गते बसेको कार्यपालिका बैठकले जारी गरेको प्रतिवेदनमा वडा नं. ७ एक नम्बरमा परेको हो । नगरपालिकाले योजना सञ्चालन, निकासा र फस्र्यौटका आारमा वडा नं. ७ लाई एक नम्बरमा राखेको हो । वडा नं. ७ ले हाल सम्म विकास निर्माणको झण्डै ६१ प्रतिशत काम सम्पन्न गरिसकेको छ ।
नगरपालिकाका ११ वटा वडा मध्ये वडा नं. ३ दुई नम्बरमा परेको छ । यो वडाले ४० प्रतिशत काम पुरा गरेको छ । यस्तै वडा नम्बर ११ ले ३० प्रतिशत काम सम्पन्न गर्दै तेस्रो स्थानमा आउन सफल भएको छ ।
यसैगरि बैशाख २१ गते सम्म वडा नं. २, र वडा नं. १० समान २८ प्रतिशत, वडा नं. ९ २७ प्रतिशत, वडा नं. ४ र वडा नं. ६ समान २१ प्रतिशत, वडा नं. १ २० प्रतिशत, वडा नं. ५ १६ प्रतिशत र वडा नं. ८ ले ११ प्रतिशत काम सम्पन्न गरिसकेका छन ।
नगरपालिकामा सबैभन्दा बढी काम सम्पन्न गरेर अग्रस्थानमा आउन सफल वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरीले विकास निर्माणको कामलाई तीव्रता दिएर यो नतिजा आएको बताउँनुहुन्छ । विकास प्रेमीका रुपमा परिचित वडा अध्यक्ष गिरीले जनताको काममा ढिलासुस्ति नगर्ने बताउनुभयो । आगामी पाँच बर्षभित्रमा वडालाई नगरकै उत्कृष्ट बनाउने गरि काम गर्ने उहाले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : ४ जेष्ठ २०७५ शुक्रबार ००:००  ९ : ५० बजे