१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

विजयनगर गाउँपालिकाद्धारा १७ कानुन पारीत



सीताराम चौधरी, कपिलवस्तु ।
कपिलवस्तुको सुदूरपश्चिममा अवस्थित बिजयनगर गाउँपालिकाको दोस्रो गाउँसभाले १७ कानुन पारित गरेको छ । बिहीबार सम्पन्न गाउँसभाले नयाँ कार्यविधिसँगै पुरानालाई संसोधन गर्दै प्रशासकीय कार्यविधि ऐन २०७४ र न्यायिक सम्वन्धी ऐन २०७४ पारीत गरेको छ । त्यस्तै गाउँपालिकाको कार्यपालिकाले संशोधन गरी पारित गरेको अन्य १५ वटा कार्यविधिलाई गाउँसभाले समर्थन गर्दै पारित गरेको हो । जसमा कार्यविभाजन नियमावली, कार्यसम्पादन, वैठक संचालन, पदाअधिकारीको आचारसंहिता, विनियोजन ऐन, राजपत्र प्रकाशन, उपभोक्ता समिति, सहकारी ऐन, शिक्षा नियमावली, एफएम संचालन, कृषि प्रवद्धन, करारमा कर्मचारी व्यवस्थापन, वजार अनुगमन रहेका छन् ।
गाउँपालिकाका अध्यक्ष गोपाल थापाले गाउँपालिकालाई समृद्ध बनाउने सबैको योजना रहेकाले सबैको सल्लाह अनुसार कार्य अघि वढाएको वताउनुभयो । गाउँपालिकालाई जिल्लाकै नमुना गाउँपालिका निर्माण गरेर विकासको गतिले तिव्रता पाउने वताए उद्घोष गर्नुभयो ।
सभाको सदस्यहरुलाई सम्वोधन गर्दै अध्यक्ष थापाले जिल्लाकै पश्चिम र पछाडि परेको ठाउँ भनेर चिनिने गाउँपालिका विकासोन्मुख भएको वताउनुभयो । गाउँपालिकामा रहेको सम्पूर्ण वडाहरुमा विकासका कामहरु तीव्र रुपमा भएको वताउँदै वडाबासीको समस्यालाई मध्यनजर गर्दै विकास निर्माणमा जुट्न वडा अध्यक्षहरुलाई आग्रह गर्नुभयो ।
गाउँपालिका उपाध्यक्ष लक्ष्मी चौधरीले गाउँपालिकाका सम्पूर्ण जनताले महसुस हुने गरी काम गर्न आफू कटिबद्ध रहेको बताउँदै सबै जनप्रतिनिधिहरुलाई हातेमालो गरी विकासका काममा जुट्न आग्रह गर्नुुभयो । गाउँपालिकाले अघि सारेका कामहरु पुरा गरेर नमुना गाउँपालिका निर्माण गर्ने वडा न ४ वडाध्यक्ष तिलकराम कँडेलले वताउनुभयो । जनताबाट प्रतिनिधित्व गर्दै आएका जनप्रतिनिधिहरुले जनताको लागि नै काम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : ३ जेष्ठ २०७५ बिहिबार ००:००  ३ : २७ बजे