मायादेवी अनलाइन, कपिलवस्तु ।
राप्रपाका केन्द्रिय सदस्य तथा पुर्व जिबिस सभापति गुरुप्रसाद रजौरियाको निधन भएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका – ११ शिवानगर स्थित आफ्नै निवासमा रजौरियाको ह्रदयघातका कारण दिउँसो ७३ बर्षको उमेरमा निधन भएको पारिवारित श्रोतले जनाएको छ । आफन्तसंग कुरा गर्दा गर्दै बुवाको निधन भएको छोरा सौरव रजौरियाले बताए ।
पंचायतकालमा लामो सयम राजनीतिमा सकृय रहेका रजौरिया पंचालयतकाल मै एक पटक र बहुदल स्थापना लगत्तै जिबिसको जिल्ला सभापतिमा निर्वाचित भएका थिए । पंचायकालमा जाचबुझ समितिका सदस्य समेत रहेका थिए ।
रजौरिया विकास प्रेमी रहेको र जिल्लाको विकासमा योगदान दिएको पुराना नेताहरु बताउँछन । रजौरियाका श्रीमति, एक छोरा र दुई छोरी छन । राप्रपा जिल्ला समितिले रजौरियाको निधन प्रति गहिरो दुख ब्यक्त गर्दै एक कुशल नेता गुमाएको जनाएको छ ।
३० बैशाख २०७५ आइतबार ००:००
0
Shares
प्रतिक्रिया