सलिम अन्सारी, प्यूठान ।
प्यूठानमा बस दुर्घटनामा ५ को मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । बडडाडा–चकचके सडकखण्ड अन्तर्गत सरुमारानी–४ पाकुरीखोलामा बस दुर्घटना भएको हो । बस सडक देखि दुई सय मिटर तल खसेको छ। घटना स्थलमै मृत्यु भएका मध्ये ३ जनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा चालक कैलालिका बिर बहादुर थारु ,कर्णाली चिसापानीकि सरिता चन्द र प्यूठान गौमुखी १ अर्खा निवासी १७ बर्षिया हिरा टोमटा रहेको खुलेको छ ।
अन्य २ जनाको सनातखत हुन सकेको छैन । घाईते हुनेहरुमा मल्लरानी गाँऊपालिका–३ का तिर्थराज पोख्रेल (३८), गुल्मी अग्लुङ तारा विष्ट (४५), दैलेख दुल्लु नगरपालिका–११ का हिमा बोहोरा (२५), जगदिस खत्री (२५), रिगल खात्री (२), प्यूठान नगरपालिका–३ साढेखाला इश्वर खड्का (२६), महेन्द्रनगर कंचनपुर बेदकोट नगरपालिका–६ का सुनिल रानामगर (२३), मल्लरानी गाँऊपालिका चुँजाठाटीका सुश्मा चौधरी (२०), बैतडी पुचौडि नगरपालिका–६ प्रकाश सावत, चितवन चित्रवन नगरपालिका–१७ का राजेन्द्र प्रसाद तिमलसिना (७३), रोल्पा सुवर्णावती गाँउपालिका–२ का शेरबहादुर वि.क. (४४), सपना वि.क. (१६), गौमुखी गाँऊपालिका–४ का थमजीत वि.क. (१५), कैलाली गौरीगंगा नगरपालिका–३ का राजेश चौधरी (२२), झिमरुक गाँऊपालिका–३ का प्रेम केसी (२१), प्यूठान नगरपालिका–१० दहखोला का गोमा गिरी (४९) रहेका छन् । उनीहरुके जिल्ला अस्पताल विजुवारमा उपचार भैरहेको छ ।
माण्डवी गाँऊपालिका–१ का बसन्त शर्मा (३८), रोल्पा सुवर्णावती गाँउपालिका–२ का हरि सुनार (२५, दैलेख दुल्लु नगरपालिका–११ का सफल अर्याल (७), रुपन्देही कन्चन गाँऊपालिका–३ का गोविन्द अर्याल (३५), हिमला पोख्रेल (२९) लाई थप उपचारका लागि रिफर गरिएको छ ।
३० बैशाख २०७५ आइतबार ००:००
0
Shares
प्रतिक्रिया