मायादेवी अनलाइन, कपिलवस्तु ।
हरेक बर्ष निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको सिएण्डसी हस्पिटल चारनम्बर जीतपुरले आज पनि निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । शनिबार भएको शिविरबाट तीन सय बढी सेवाग्राहीले सेवा लिएको सिएण्डसी हस्पिटलले जनाएको छ ।
आफ्नै हस्पिटलको प्राङ्गणमा भएको शिविरमा कपिलवस्तु संगै दाङ, अघाखाँची, रुपन्देहीका विभिन्न क्षेत्रबाट सेवाग्राही आएको अस्पतालले जनाएको छ । शिविरमा काठमाण्डौ, बुटवल, भैरहवाका विशेषज्ञ डाक्टरले सेवा दिएका थिए । नयाँ बर्षको उपलक्ष्यको अवसरमा आयोजित शिविरमा महिला तथा स्त्री रोग, हाड जोर्नी तथा नसा रोग, मनोरोग, नाक, कान घाटी, बाल रोग, जनरल फिजिसिएन, जनरल सर्जनका विशेषज्ञ डाक्टरले विरामीको स्वास्थ्य जाँच गराएका थिए ।
विंसं. २०७२ साल देखि सिएण्डसी हस्पिटल चारनम्बरले हरेक बर्ष निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएकोछ ।
यसैबीच अस्पिटलले शनिबारबाट एम्बुलेन्स सेवाको सुचारु गरेको छ । विरामीको चौबिसै घण्टा सेवा दिने उद्देश्यले एम्बुलेन्स सेवाको सुचारु गरेको हस्पिटलका म्यानेजिङ डाइरेक्टर गोपाल घिमिरेले जानकारी दिनुभयो । एम्बुलेन्स सेवाको एक कार्यक्रमका बीच बैरियाका ९८ बर्षिय बयोबृद्ध लालमणी न्यौपानेले उद्घाटन गर्नुभएको हो ।
प्रतिक्रिया