४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

नेकपाद्धारा आज नेपाल बन्दको घोषणा



मायादेवी अनलाइन, कपिलवस्तु ।
नेपाल कम्युनिष्ट पार्टिले आज नेपाल बन्दको घोषणा गरेको छ । नेकपा कपिलवस्तुले बन्दको पूर्व सन्ध्यामा एक विज्ञप्ति जारी गर्दै आज नेपाल बन्द गर्ने जनाएको हो ।

सरकारले आफै बनाएको संविधानको धज्जी उडाउँदै जनताका पक्षमा संघर्ष गर्दै आएका नेता तथा कार्यक्रताहरुलाई वेपत्ता पार्ने तथा गिरफ्तार गर्ने कार्यको भत्र्सना गर्दै बन्द आह्वान गरेको नेकपाको विज्ञप्तिमा उल्लेख छ ।

साथै लम्पसरवादी सरकार र भारतीय साम्राज्यवादी सरकारको बिचमा भएका राष्ट्रघाती सन्धि, सम्झौता मार्फत नेपाललाई सिक्किमीकरण गर्ने प्रकारको रवैयाको प्रतिरोध स्वरुप पनि बन्दको आह्वान गरिएको जिल्ला सेक्रेटरी सुनिलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ३० बैशाख २०७५ आइतबार ००:००  १ : २४ बजे