दिपक खड्का, चन्द्रौटा ।
शिवराज नगरपालिाको सहयोग तथा सैनामैना टेकनिकल कलेज प्रा.लि.रुपन्दिेहीको आयोजनामा ५ दिने भुकम्प प्रतिरोध भवन निमार्ण आचार सहिंता कार्यन्वयन सम्बन्धि तालिम चन्द्रौटामा शुरु भएको छ । कार्यक्रमलाई संबोधन गर्दै शिबराज नगरपालिका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी नेत्रराज अधिकारीले निमार्ण ब्यवसायी हरुले घर निमार्ण गर्दा राज्यले बनाएका नितिमा टेकेर भुकम्प प्रतिरोधात्मक घर निमार्ण गर्न अनुरोध गर्नुभयो । नगरपालिकाको मापदण्ड तय भएकोले मापदण्ड अनुुसार घर निमार्ण गर्न अनुरोध गर्दै यदि कुनै निमार्ण ब्यवसायीहरुले नियम बिपरित घर निमार्ण गरेको पाइएमा कारर्वाही गरिने बताउनुभयो ।
तालिममा सिबिल इनिजनियर गौरब अधिकारी र गंगोल अधिकारीको सहजीकरणमा सम्पन्न हुनेछ । कार्यक्रममा निमार्ण ब्यवसायी संघका शिबराज अध्यक्ष बल बहादुर बिकको अध्यक्षता नगरप्रमुख नेत्रराज अधिकारीको प्रमुख आथित्यता, शैनामैना टेक्निकल कलेज प्रा.लि.का डिल्लीराज ज्ञवालीको सहजीकरण गर्नु भएको थियो ।
२९ बैशाख २०७५ शनिबार ००:००
0
Shares
प्रतिक्रिया