६ पुस २०८१, शनिबार | Sat Dec 21 2024

आइपीएलमा बटलर चम्किए, चेन्नई राजस्थानसँग पराजित



काठमाण्डौं ।
इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गत शुक्रबार रातिको खेलमा राजस्थान रोयल्स विजयी भएको छ ।
चेन्नई सुपर किंग्सलाई ४ विकेटले हराउँदै राजस्थानले अघिल्लो चरण पुग्ने संभावना कायम राखेको छ । जितका लागि पाएको १ सय ७७ रनको लक्ष्य राजस्थानले खेल सकिन एक बल बाँकी छँदा भेट्टायो । राजस्थानलाई जिताउन जोस बट्लरले नट आउट ९५ रन बनाए । ६० बल खेलेका उनले ११ चौका र २ छक्का हाने । राजस्थानको जितमा बटलर नै नायक रहे । उनी बाहेक कसैले राम्रो रन बनाउन सकेनन् । स्टुआर्ट बिन्नीले २२ तथा सन्जु स्यामसनले २१ रनको योगदान दिए ।
पहिलो ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउँदै १ स ७६ रन बनाएको थियो । चेन्नईका सुरेश रैनाले ५२ रन बनाए । कप्तान महेन्द्रसिंह धोनीले ३३ तथा शेन वाटसनले ३९ रन बनाए ।
१८ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहेको सनराइजर्स हैदरावाद यसअघि नै अघिल्लो चरणमा पुगिसकेको छ । दोश्रो स्थानमा रहेको चेन्नईको ११ खेलबाट १४ अंक छ । किंग्स इलावेन पञ्चाबको १० खेलबाट १२ अंक छ । मुम्बई इण्डियन्स र कोलकता नाइट राइडर्सकै बराबर ११ खेलबाट १० अंक बटुलेको भए पनि राजस्थान रन रेटका आधारमा छैटौं स्थानमा छ । यी ६ वटै टिमको अघिल्लो चरणमा पुग्ने संभावना कायम छ ।
१० खेलबाट ६ अंक बटुलेको रोयल च्यालेन्जर्स बैंगलोर र ११ खेलबाट ६ अंकै बटुलेको दिल्ली डेयर डेभिल्सको भने अघिल्लो चरण पुग्ने संभावना निक्कै नै कम छ ।

प्रकाशित मिति : २९ बैशाख २०७५ शनिबार ००:००  २ : ५४ बजे