४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

निर्मला क्षेत्री भन्छिन, सत्तापक्षले कांग्रेसलाई कमजोर बनाउँन सक्दैन



मायादेवी अनलाइन, अर्घाखाँची ।
कांग्रेस पाँच नम्वर प्रदेश संसदीय दलका सचेतक निर्मला क्षेत्रीले सत्ता पक्ष दलहरुले प्रमुख प्रतिपक्ष दल कांग्रेसलाई कमजोर बनाउन नसक्ने बताउनुभएको छ । उहाले प्रतिपक्ष दललाई पेल्न खोजे कांग्रेस सहेर नबस्ने चेतावनी समेत दिनुभयो ।
रिपोर्टर्स क्लव अर्घाखाँचीले सन्धिखर्कमा गरेको सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै उहाले कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने तर्क गर्नुभएको छ ।
मुलुकका ठूला÷ठूला राजनीतिक परिवर्तन कांग्रेसकै नेतृत्वमा भइरहेका छन’ उहाले भन्नभयो । क्षेत्रीले कांग्रसको भूमिकालाई सत्ता पक्षले चाहेर पनि अवमुल्यन गर्न सक्दैन भन्नुभएको छ । उहाले सरकारले गरेका राम्रा कामको समर्थन गर्दै नराम्रा कामका बिरुद्ध निरन्तर खवरदारी गरिरहने दाबी गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका संयोजक पिताम्वर शर्मा भुसालले स्थानीय तहका कामलाई पारदर्शी बनाउन जिससले निरन्तर अनुगमन तथा निरिक्षण गरिरहने बताए । सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विकले नगरपालिकाले नागरिकले प्रत्यक्ष अनुभूति गर्ने ढंगले कामहरु गरिरहेको बताउनुभयो ।

प्रकाशित मिति : २९ बैशाख २०७५ शनिबार ००:००  २ : ४९ बजे