किरणमान ब्रजाचार्य, कपिलवस्तु ।
कपिलवस्तु नगरपालिका– ११ बनगाईमा शहरी स्वास्थ्य क्लिनीकको संचालन गरिएको छ । स्थानीय ८० बर्षे बृद्ध हिमा खनालले रिबन काटेर सेवा शुभारम्भ गर्नु भएको थियो । क्लिनीकको प्रदेश नम्बर ५ का सदस्य बिष्णु पन्थी र कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । नगरपालिकाको यो दोस्रो शहर क्लिनीक हो । यस अघि कपिलवस्तु नगरपालिका– ३ डेरवामा शहरी क्लिनीक संचालनमा आएको थियो ।
क्लिनीकका लागि स्थानीयले जनश्रमदान र आर्थिक संकलन गरी कबिर ७ लाखको भवन निर्माण गरेका छन । स्वास्थ्य कार्यालयले रकम उपलब्ध नगराए पछि आफुहरुले सहयोग जुटाएर भवन निर्माण गरेको भवन निर्माण समितिका संयोजक खडक प्रसाद ज्ञवालीले बताउनुभयो । प्रदेश सदस्य पन्थीले जनश्रमदानबाट भवन निर्माण गरिएकोमा स्थानीयलाई बधाई दिदै नागरीकहरु स्वास्थ्यको सवालमा आफै सचेत हुनु पर्ने बताउनुभयो ।
स्वास्थ्य नै सबै भन्दा ठुलो धन भएको भन्दै सरकारले जनतालाई गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्ने बताउनुभयो । मेयर किरण सिंहले नगरक्षेत्रको स्वास्थ्य सेवा बिस्तार गरी जनतालाई घरदैलो मै सेवाको पहुच बढाउने बताउनुभयो । उहाले नगरपालिकाले स्वास्थ्य क्षेत्रका लागि आवश्यक बजेट उपलब्ध गराउने बताउनुभयो ।
क्लिनीक सञ्चालनमा आवश्यक फर्निचर र अन्य ब्यवथापनका लागि नगरपालिकाले ५० हजार रकम उपब्ध गराएको छ । स्वास्थ्य कार्यालयले बिनियोजित बजेट निकासा गर्न ढिलाई गर्दा क्लिीनकी संचालनमा समेत ढिलाई भएको स्थानयिको गुनासो छ । क्लिनीकमा अहिले सम्म हेल्थ असिस्टेन्ट मात्र पदपुर्ति गरिएको छ । अनमि र कार्यालय सहयोगी भर्ना गर्र्न बाकी छ । शहरी क्लिीनीकका कर्मचारी ब्यवस्थापन र फर्निचर खरीदका लागि ४ लाख २५ हजार बजेट बिनियोजन गरिएको स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक योगेन्द्र भगतले बताउनुभयो ।
क्लिीनकमा उप स्वास्थ्य चौकी बराबरको सेवा उपलब्ध हुने नगरपालिका स्वास्थ्य ईकाईका प्रमुख उमेश गुप्ताले बताए । सो अवसरमा महिला स्वयमसेविका, जग्गदाता लगायत गरी ३० जनालार्इृ दोसल्ला ओढाई सम्मानित गरिएको थियो । कार्यक्रममा जगही स्वास्थ्य चौकीको प्रगति बिवरण हेल्थ असीस्टेन्ट भक्ति पन्थीले सुनाउनुभएको थियो ।
यस्तै सोही अवसरमा ज्येष्ठ नागरिकहरुका लागि एक दिने निःशुल्क आखा शिविर संपन्न गरिएको छ । शिविरका लागि नगरपालिकाले सवा लाख सहायोगग गरेको छ । शिविरमा रण अम्बिका र तौलिहवा आखा अस्पतालका प्राबिधिकहरुले २ सय बढीको आखको जाच गरेका थिए ।
शिविरमा ३० जना मोतिया बिन्दुको बिरामी भेटिएको तौलिहवा आखा अस्पतालका प्रशान्त कार्कीले बताउनुभयो । ५० जनालाई चश्मा बिरतण गरिएको थियो । फेला परका मोतिया बिन्दुको बिारमीको निःशुल्क शल्यक्रिया सेवा गरिने कार्कीले बताउनुभयो ।
२९ बैशाख २०७५ शनिबार ००:००
0
Shares
प्रतिक्रिया