१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

न्यायिक समितिमा स्थानीय मुद्दाको चाप बढ्दै



मायादेवी अनलाइन, रुपन्देही ।
रुपन्देहीका नगरपालिका र गाउँपालिकाका उपप्रमुख र उपाध्यक्षको नेतृत्व रहेको न्यायिक समितिमा स्थानीय मुद्दाको चाप बढ्दै जान थालेको छ ।
त्यस्ता समितिमा खास गरी अंशबण्डा, घरेलु हिंसा, सम्बन्धविच्छेद, जग्गासम्बन्धी विवाद, ठगी मुद्दा, पैसाको लेनदेनलगायतका मुद्दाको ओइरो लागेको सम्बन्धित नगरपालिका र गाउँपालिकाले जनाएको छ ।
स्थानीय तहमा मेलमिलापको माध्यमबाट विभिन्न प्रकारका मुद्दाको टुंगो लगाउने बताइएको छ । सो नगरपालिकामा दर्ता भएका ५५ वटा मुद्दामध्ये अहिलेसम्म २९ वटा मुद्दा समाधान भएको छ । ती मुद्दा अंशवण्डा, सम्बन्धविच्छेद, झै–झगडा, घरेलु हिंसा लगायतका रहेका छन् । दर्ता भएका मुद्दामध्ये नौवटा माथिल्लो निकायमा र सातवटा मुद्दा वडा कार्यालयमा पठाएको छ ।
त्यस्तै सैनामैना नगरपालिकामा पनि मुद्दाको चाप बढी देखिएको छ । नगरपालिकामा जग्गासम्बन्धी, पैसा लेनदेन, घरेलु हिंसा, सम्बन्धविच्छेद, अन्तरजातीय विवाहलगायतका २६ मुद्दा दर्ता भएका छन् ।
यीमध्ये केही अदालतमा गएकाले न्यायिक समितिको क्षेत्राधिकारभित्र नपर्ने र केही मुद्दा वडा कार्यालयमा पठाइएको सैनामैना नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिकी संयोजक बिना रानाले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकामा दर्ता भएका मुद्दामध्ये पाँचवटा मुद्दाको अन्तिम निर्णय भएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७५ शनिबार ००:००  २ : ३९ बजे