शरद रेग्मी, दाङ ।
सरकारले सिण्डिकेटका नाममा यातायात समितिहरु खारेज गरेपछि हजारौं कर्मचारीहरु आन्दोलित भएका छन । दाङको तुलसिपुरमा भेला भएका अञ्चल भरिका यातायात ब्यबसायि समितिमा कार्यरत कर्मचारीहरु आफ्नो हकहित र रोजगारिको सुनिश्चितता चाहियो भन्दै चरणबद्ध आन्दोलन थाल्ने चेतावनीसमेत उनिहरुले सरकारलाई दिएका छन ।
उनिहरुले सिण्डिकेट तोडने नाममा सरकारले हचुवाको भरमा हजारौं ,लाखौंको सङ्ख्यामा रहेका मजदुर र कर्मचारीको पेशा खोसेर बेरोजगार श्रृजना गर्न बर्तमान सरकार लागि परेको भन्दै कडा शब्दमा बिरोध समेत जनाएका छन ।
राप्ति बस समिति कर्मचारी युनियनका अध्यक्ष तिलक योगिको अध्यक्षतामा बसेको भेलाले कर्मचारी हकहित सङघर्ष समिति समेत गठन गरेको छ ।
योगिकै सयोजकत्वमा ९ सदस्यीय सङघर्ष समिति समेत बिस्तार गरिए हो । समितिमा अञ्चल भरिका सबै समितिका कर्मचारीहरु सदस्य रहेका छन ।
भेलामा राप्ती समितिका कार्यालय प्रमुख सिताराम शर्मा,तुलसिपुर जिप तथा मिनि माईक्रो समितिका कार्यालय प्रमुख जितबहादुर खड्का ,सल्यान रुकुम यातायात समितिका कार्यालय प्रमुख तिर्थराज धिताल, अम्बिकेश्वरि यातायातका चित्रबहादुर बस्नेत, जलजला यातायातका कार्यालय प्रमुख धर्मेन्द्र कवर, साना मालबाहक समितिका मदन कुमार श्रेष्ठ, दाङ जिल्ला टेक्टर समितिका प्रकाश रिजाल, लगायतले सरकारले उचित ब्यबस्थापन नगरे नेपालको यातायातका क्षेत्र ठप्प पार्ने चेतावनि समेत दिएका छन । राप्ती अञ्चल भित्र मात्रै एकहजार बढि कर्मचारी हरु विभिन्न समितिहरुमा कार्यरत रहेका छन ।
२९ बैशाख २०७५ शनिबार ००:००
0
Shares
प्रतिक्रिया