१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

शीतगंगा नगरपालिकालाई जग्गादान



वीरेन्द्र केसी, अर्घाखाँची ।
शीतगंगा नगरपालिकाको कार्यालय स्थापना गर्न ठाडाका स्थानीयले १३ रोपनी जग्गादान गरेका छन । वडा नम्बर ३ का जग्गाधनीले निशुल्क रुपमा नगरपालिकाको विभिन्न कार्यालय बनाउन मिल्ने जग्गा दान दिएका हुन । जग्गा पाए पछि नगरपालिकाले आफ्ना कार्यालय निर्माण गर्ने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत हरिनारायण बेल्वासेले बताए ।
नगरपालिकालाई ठाडा स्थित साउटोलाका हेमनाथ भुसाल, नेत्र भटराई, ज्वाला प्रसाद भटराई, टंक पौडेल, बाबुराम पौडेल, टामलाल भटराई, काठुर पौडेल, केशव पौडेल, दिपक पौडेल, देवी अर्याल, नरेन्द्र भण्डारी, सन्तोष भटराई र माधव पौडेलले नगरपालिकालाई जग्गा दान दिएका हुन ।
निशुल्क रुपमा जग्गा दिने दाताहरुलाई नगर प्रमुख सुर्यप्रसाद अधिकारी र उपप्रमुख टीका रेश्मीले धन्यावाद दिनुभएको छ । जग्गा पाएपछि भवन निर्माण गरी छिटै आफनो कार्यालय निर्माण गर्ने भएको पत्रकार वीरेन्द्र केसीले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७५ बिहिबार ००:००  २ : ४६ बजे