किरणमान ब्रजाचार्य, तौलिहवा ।
कपिलवस्तुमा धानको सुपर जोन तथा तरकारी र माछाको जोन कार्यक्रम स्विकृत भएको छ । कृषि भुमी ब्यवस्थापन र सहकारी मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनीकरण कार्यक्रम अन्तरर्गत उक्त तीन कार्यक्रम स्विकृत गरेको हो । यस अघि नै जिल्लामा धान र तरकारी जोन कार्यक्रम स्विकृत भई कार्यक्रम अघि बढाईएको छ । सुपर जोनमा १ हजार हेक्टर क्षेत्रमा र जोनमा ५ सय हेक्टरमा खेती गरिनेछ । बिगत २ बर्ष देखि कपिलवस्तुको बाणगंगा नगरपालिकामा धान जोन कार्यक्रम संचालन हुदै आएको छ । तरकारी जोन कार्यक्रम संचालनका लागि एक महिना अघि कृषि, भुमी ब्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणी खनालले उद्घाटन गरी सक्नुभएको छ ।
कृषि बिभागका महानिर्देशक दिल्लीराज शर्माले जिल्लामा धानको सुपर जोन र माछाको जोन कार्यक्रमबाट स्विकृत भईसकेको बताउनुभयो । जिल्लाका कृषकहरुको माग अनुसार मन्त्री खनाल र महानिर्देशक शर्माको पहलले जिल्लामा धानको सुपर जोन तथा तरकारी र माछाको जोन कार्यक्रम स्विकृत भएको हो । मन्त्री खनाल र महानिर्देशक शर्मा दुबै कपिलवस्तुबासी हुनुहुन्छ ।
धानको सुपर जोन तथा तरकारी र माछा जोन कार्यक्रम आउने साउन देखि संचालन हुने महानिर्देशक शर्माले बताउनुभयो । जिल्लामा धान उत्पादनमा आत्मनिर्भर रहे पनि तरकारी र माछामा भने परिनिर्भर रहदै आएको छ । धान जिल्लाको प्रमुख बाली हो भने तरकारी र माछा सहायक खेतीमा पर्ने गरेको छ । जिल्लालाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन यी कार्यक्रमहरु संचालन गरिएको कृषि मन्त्री खनालले बताउनुभयो ।
२७ बैशाख २०७५ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया