मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको कपिलधाम परिषरमा लुम्बिनी वाङ्मय प्रतिष्ठानले आफ्नो प्रदेश कार्यालय निर्माण गर्ने भएको छ । साहित्यमा उपत्ययका बाहिरकै अग्रिणी संस्थाको रुपमा रहेको वाङम्य प्रतिष्ठानले कपिलवस्तुमा आफ्नो प्रदेश कार्यालय बनाउन लागेको हो ।
कपिलधाममा भएको एक कार्यक्रमका बीच प्रदेश सांसद विष्णु पन्थीले प्रतिष्ठानको भवन शिलान्यास गर्नुभएको छ । शिलान्यास कार्यक्रममा नेपालका लागि पूर्व भारतीय राजदुत तथा पुर्व मन्त्री दीपकुमार उपाध्याय, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. विष्णुराज आज्ञेय लगायतका साहित्यकार तथा समाजसेवीको उपस्थिती रहेको थियो ।
प्रतिष्ठानको भवन शिलान्यास पछि भएको कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य विष्णु पन्थीले कपिलवस्तु भाषा, कला, साहित्य र संस्कृतीमा पनि अगाडि रहेको बताउनुभयो । कपिलवस्तुमा लुम्बिनी वाङ्मय प्रतिष्ठानको भवन बन्नु स्वागत योग्य काम भएको भन्दै आफुले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । भाषा, साहित्य देशको अमूल्य सम्पत्ति रहेको भन्दै यसको संरक्षणमा सबै लाग्नुपर्नेमा उहाले जोड दिनुभयो ।
नेपालका लागि पूर्व भारतीय राजदुत तथा पूर्व मन्त्री दीपकुमार उपाध्यायले पुराना भाषा, कला, साहित्य र संस्कृतीको संरक्षण विना देश विकास हुन नसक्ने बताउनुभयो । देशलाई विश्वभर चिनाउने प्रमुख माध्यम भनेकै भाषा, कला, साहित्य र संस्कृती रहेको जिकिर गर्नुभयो ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. विष्णुराज आज्ञेयले कपिलवस्तु भाषा, कला र साहित्य संस्कृतीमा धनि जिल्ला रहेको बताउनुभयो । कपिलवस्तु गौतम बुद्धको राजधानी मात्र नभई ऋषिहरुको तपोभूमि पनि रहेको जिकिर गर्नुभयो । श्रीङ्गी ऋषिको तपोभूमि कपिलधाममा स्थापना हुन लागेको प्रतिष्ठानको कार्यालयले यस क्षेत्रको विकास हुने बताउनुभयो ।
लुम्बिनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष हिमलाल ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा प्राध्यापक शान्ता शाक्य, वरिष्ठ पत्रकार बालकृष्ण चाँपागाई, राजनितिज्ञ मेघराज ज्ञवाली, पशुपति मणि त्रिपाठी लगायतले वोल्नु भएको थियो ।
प्रतिक्रिया