५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

शिवालय मन्दिर शिलान्यास गर्दै सांसद पन्थीले के भने ?



मायादेवी अनलाइन, कपिलवस्तु ।
बाणगंगा नगरपालिका ३ भक्तौलीमा रहेको घगवा धार्मिक तथा पर्यटकिय कुटी संरक्षण समितिको शिवालय मन्दिर शिलान्यास गरिएको छ । साथै कार्यक्रममा वृक्षारोपण तथा एकदिने योगशिविर पनि सम्पन्न गरिएको छ ।
शिवालय मन्दिरको शिलान्यास प्रदेश सांसद विष्णु पन्थीले गर्नु भएको हो । मन्दिर शिलान्यास गर्दै सांसद पन्थीले मन्दिर संरक्षणका लागि सबै लाग्नु पर्ने बताउनुभयो । ऐतिहासिकताले भरिपूर्ण यस मन्दिरलाई प्रदेशभर चिनाउने गरि विकास गर्नुपर्नेमा पन्थीले जोड दिनुभयो । मन्दिरको संरक्षणमा स्थानीयबासीले देखाएको सक्रियतालाई धन्यवाद दिदै अब स्थानीय सरकारले पनि उचित महत्व दिनुपर्ने बताउनुभयो ।
यसैगरी कार्यक्रमको उट्घाटन बाणगंगा नगरपालिका ३ का वडा अध्यक्ष सन्तराम रौतारले गर्नु भएको थियो । कार्यक्रम घगवा धार्मिक तथा पर्यटकिय कुटी संरक्षण समितिका अध्यक्ष लाल कुमार महतको अध्यक्षता, समाजसेवी तथा तरुण दलका जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरी, भुवन गुरुको विशिष्ट अतिथ्यता रहेको थियो ।
त्यसैगरि नगरिक समाजका अध्यक्ष दोलख बहादुर पछाई, वाणगंगा नगर कार्यपालिका सदस्य योगनाथ सुनार, योग गुरु प्रशिक्षक कमल पौडेल लगायतको अतिथ्यता रहेको थियो भने कार्यक्रमको सञ्चालन चन्द्रकान्त पोख्रेलले गर्नु भएको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०७५ बिहिबार ००:००  ४ : ०८ बजे