नन्दराम पौडेल, कपिलवस्तु ।
कपिलवस्तु नपा ६ तिलौराकोटमा आयोजित एक बालविवाह न्युनिकरण सम्बन्धि कार्यक्रममा बोल्ने सहभागीहरुले बाल विवाह हुने कारणहरु आफ्नै छोरीहरु प्रति विश्वास गर्न नसक्नु र इज्जत बचाउनका लागि बाल विवाह हुने गरेको बताएका छन । छोरीहरु २० वर्ष उमेर सम्म घरमा राख्दा आफै भागेर विवाह गर्ने तथा आफु भन्दा तल्लो जात सगं विवाह गर्छन कि भन्ने डरले सानै उमेरमा विवाह गरिदिनु परेको उनीहरुले खुलासा गरे । तत्लो जातसगं विवाह गरे इज्जत जाने हुदा छोरीहरुको सानै उमेरमा विवाह गर्नु परेको ती अभिभावकहरुको भनाई थियो ।
बालअधिकार चेतना समुह तिलौराकोट मावि र मानव अधिकार निगरानी समुह तिलौराकोटले आयोजना गरेको बाल विवाह न्युनिकरण सम्बन्धी अन्तरकृयामा उनीहरुले सो कुरा बताएका थिए । अन्तरकृयामा तिलौराकोट स्वास्थ्य चौकिका प्रमुख विकास झाँले आमा र बच्चाको सुरक्षाका लागि केटाकेटीको उमेर २० वर्ष पुगे पछि मात्र विवाह गर्नु पर्ने तथा तथा सानो उमेरमा बच्चा जन्मियो भने शारिरिक विकास नहुने हुँदा जन्मने बच्चा अपांग, सुस्तमनस्थीती, कुपोषित बच्चा जन्मने र आमा परिवार र देशको लागी जिन्दकी भर बोज बढने हुदा २० वर्ष पारि विवाह गर्नु पर्ने सुझाव दिएका थिए ।
यसै गरि तिलौराकोट माविका प्रअ संजय कुमार बर्माले बाल विवाह कानुनी रुपमा समेत अपराधको रुपमा लिएकाले बालविवाह गरिदिने बाबु आमा, लमि, पंण्डीत तथा जन्ती जानेलाई समेत सजाय हुने बताए । यसैगरी मानवअधिकार निगरानी समुह तिलौराकोटका संयोजक भोजराज खनालले बाल विवाह न्युनीकरणका लागी विवाह गरेपछि विवाह दर्ता गराउनु पर्ने कानुनी बाध्यता रहे जस्तै विवाह गर्नु पहिले स्थानीय तहबाट उमेरको प्रमाणित गराएर मात्र विवाहको लागी स्वीकृत दिने कानुनी ब्यावस्था गरे मात्र बाल विवाह रोकिने सुझाव दिए ।
बालअधिकार चेतना समुहकी कोषाध्यक्ष सिता रेग्मीले बालविवाह गर्दा शारिरिक, मानसिक, पारिवारीक, समाजिक रुपमा समेत समस्या आउने हुदा आफुले पनि नगर्ने र अरुलाई पनि नगर्न आग्रह गरेकी थिइन ।
कार्यक्रम बालअधिकार चेतना समुहका अध्यक्ष सुरज यादवको अध्यक्षता र इन्सेक सहजकर्ता नन्दराम पौडेलको संचालन र मानवअधिकार निगरानी समुहकी सचिव लक्ष्मि घिमिरेको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रमा विभिन्न सरोकारवालाहरु गरि ५५ जनाको सहभागीता रहेको थियो ।
२६ बैशाख २०७५ बुधबार ००:००
0
Shares
प्रतिक्रिया