सीताराम चौधरी, चन्द्रौटा ।
कपिलवस्तुको शिवपुरमा शैक्षिक तथा धार्मिक महोत्सव संचालन भएको छ । त्यहाँस्थित सरस्वती आधारभूत विद्यालयलाई स्मार्ट विद्यालय संचालनका लागि महोत्सव(महायज्ञ) संचालन गरिएको हो ।
महायज्ञमा दिनप्रतिदिन दानबीरहरुको संख्या बढ्दै गएको छ । चौथो दिनसम्म आइपुग्दा महायज्ञमा हालसम्म ३ लाख ७५ हजार ६सय ४३ रुपैयाँ दान संकलन भएको छ । भने चौथो दिन मात्र १लाख ११ हजार ८सय ५४ रुपैयाँ दान सहयोग प्राप्त भएको विद्यालयका प्रधानाध्यापक एवं महायज्ञ मूल आयोजक समिति महासचिव रामविलास मण्डलले जानकारी दिए ।
महायज्ञको चौथो दिन शिवराज नगरपालिका ३, मजगाउँ निवासी कृष्ण र फूलमती भण्डारी दम्पत्तिले सबैभन्दा बढी २१ हजार १ सय ५१ रुपैयाँ दान सहयोग गरेका छन् । यस्तै शिवराज ३, मजगाउँकै दिनबहादुर घर्तीबाट ११ हजार ५ सय ५१ सहयोग प्राप्त भएको छ ।
यसका साथै शिवराज ३, मदवाका अर्पणा थापाबाट ११ हजार १सय रुपैया दान प्राप्त भएको आयोजकले जनाएको छ । महायज्ञमा शिवराज १, शिवपुर निवारी कृष्ण पुनले ५हजार १सय ११, जिल्ला ट्राफिक प्रहरी प्रमुख अमर बहादुर कार्कीले ५हजार १सय ५ तथा स्थानीय अभिभावहरुले नगद, धान, चामल, फलफूल लगायतका खाद्यान्न दान गरेको बताइएको छ ।
विद्यालयको आर्थिक अवस्था कमजोर हुँदा विद्यालयको शैक्षिक सुधार गर्दै स्मार्ट विद्यालयको रुपमा अगाडि बढाउन महायज्ञ आयोजना गरिएको महायज्ञ मूल आयोजक समिति अध्यक्ष शान्ति के.सी.ले जानकारी दिएकी छन् । बैशाख २२ गतेदेखि शुरु भएको महयज्ञ बैशाख २९ गतेसम्म चल्ने महायज्ञ आयोजक समितिले जनाएको छ ।
२६ बैशाख २०७५ बुधबार ००:००
0
Shares
प्रतिक्रिया